थाइल्याण्डको बिश्व प्रसिद्ध सौन्दर्य सामाग्री उत्पादनगर्ने कम्पनी पेभिमोलले आफ्ना उत्पादनको कारोबार नेपालमा सुरु गरेको छ । पेभिमोलकास्किन केयर उत्पादनलाई बाताबरणमन्त्री बिसेन्द्र पासवान, पूर्व उद्योगमन्त्री महेश बस्नेत, एफएनसिसिआईकी बरिष्ठ उपाध्यक्ष भबानी राणा,अभिनेत्री करिष्मा मानन्धर, छाला रोग बिशेषज्ञ डा.रुपक घिमिरे र पेभिमोल कम्पनी थाइल्याण्डका प्रबन्धनिर्देशकले संयुक्त रुपमा उत्पादनको उद्घाटन गरे ।
नेपालका लागि आधिकारिक बिक्रेता बनेको फ्रिह्विल प्रालिले काठमाडौंबाट पहिलो चरणमा कारोबार सुरु गरेको छ भने भने छोटो समय भित्रमा नेपालभर फैलाउने लक्ष्य लिएको प्रबन्ध निर्देशक ललित कुमार कार्कीले बताए ।

pevilonपहिलो चरणमा काठमाडौंको खिचापोखरी र नयाँबानेश्वरबाट आउटलेट खोलीकारोबार सुरु गर्न लागिएको छ भने दोस्रो चरणमा धरान, बिराटनगर, चितवन, पोखरा, बुटवल र नेपालगंज लगायतका मुख्य शहरमा आउटलेट खोली कारोबारलाई देशब्यापीबनाउने योजना रहेको छ ।
कम्पनीका उत्पादन उपत्यकाका सबै डिपार्टमेन्टल स्टोर लगायतकस्मेटिक पसलहरुमा पाइने ब्यबस्था मिलाइएको छ ।
कम्पनीका सबै उत्पादनहरु अल्कोहल रहित छन् भने दाग हटाउने, चायापोतो हटाउने, चाउरीपन हटाउने, भिटामिन इ युक्त, घामबाट जोगाउने बिभिन्न किसिमका क्रिमहरु रहेका छन् ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*