timthumb
उखु किसानले न्यून मूल्यमा उखु बिक्री गर्दैआएका छन्।
जिल्लाको पशुपतिनगर, किसाननगर, विजलपुरा, गौशालालगायतका उखु किसानले स्थानीय सख्खर उद्योगलाई प्रतिक्विन्टल ३०० मा उखु बिक्री गर्दै आएका छन् । गत वर्ष उनीहरुले चिनी उद्योगमा प्रतिक्विन्टल ४४८ का दरले उखु बिक्री गरेका थिए।
चिनी उद्योग सञ्चालन हुने छाँटकाट नदेखिएपछि सख्खर उद्योगीलाई न्यून मूल्यमा उखु बिक्री गर्न थालेका पशुपतिनगरका किसान रामसेवक महतोले बताए। सख्खर उद्योग सञ्चालकले समयमै रकम उपलब्ध गराउने भएकाले किसानले उखु बिक्री गरेका हुन्।
सख्खर उद्योगलाई उखु बिक्री गर्दा समयमै खेतमा नयाँबाली लगाउन पाएका गौशाला नगरपालिकाका रामविलाश साहले बताए। सख्खर उद्योगीले मनपरी ढङ्गले उखुको मूल्य तोकेपछि किसान ठगिँदै आएका छन्। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*