timthumb (1)पहाडी भेगमा अमिलो जातको फलफूलखेती फस्टाउँदै गएको छ।
जिल्लाको पहाडी १७ गाविसमा सुन्तला, कागतीलगायतका अमिलो जातका फलफूलखेती स्थानीयवासीलाई आयआर्जन तथा जीविकोपार्जनतर्फ उन्मुख हुन राम्रो माध्यम बनेका छन्। जिल्ला कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेका अनुसार उत्पादित सुन्तला, कागतीको बजारीकरण जिल्लाभित्र र बाहिरी जिल्लामा हुँदै आएको छ।
जिल्लामा वार्षिक पाँच करोड बराबरको अमिलो जातका फलफूलको करोबार हुने गरेको छ भने यसमा करिब दुई हजार किसान संलग्न रहेका छन्। यहाँ उत्पादन भएका सुन्तला, कागती जिल्लाभित्रबाहेक चितवन, पोखरा, तनहुँलगायत बजारमा निर्यात गरिन्छ। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*