कौशीसम्म,प्लटदेखि गमलासम्म जहाँ लगाएपनि हुने एउटा बहुमूल्य फल जसको खेती वा घरायसी प्रायोजको लागि तपाई लगाउन सक्नुहुन्छ।
पेरुको स्थायिन प्रजातिको ‘पेपिनोमेलोन’ फलको खेती अब नेपालमा पनि गर्न सकिने भएको छ। समुन्द्रसतहदेखि १२ सय मिटरमाथिमात्र गर्न सकिने यसको खेती गर्न बिरुवा नेपालमा नै उपलब्ध भइरहेको छ।
अर्गानिक वल्र्ड एन्ड फेयर फ्यूचर प्रालीले बिरुवा तथा फल बिक्रीवितरण गर्दै आइरहेको छ।
स्वस्थबर्धक मानिने यो फलको विशेषता भनेकै लगाउनको लागि ठुलो,फराकिलो स्थान नचाहिने र आफूलाई चाहिनेजति घरमै उत्पादन गर्न सकिने भएको अर्गानिक वल्र्ड एन्ड फेयर फ्यूचर प्रालीका एक संचालक बुद्ध लामाले जानकारी दिए।
लामाका अनुसार उनको संस्थाले हाल फल प्रतिकिलो तीसय रुपैयाँ किलो र बिरुवाको प्रतिबोट तीन सय मूल्य पर्छ।
एउटा बिरुवाबाट डाँठबाट अरु बिरुवा उत्पादन गर्न सकिने लामाको भनाईँ छ।
वर्षभरी फलिरहने यसको एउटा बोटले एक वर्षमा १५ किलोसम्म उत्पादन दिने लामाले जानकारी दिए।
यो फल सुगर फ्री भएकोले मधुमेहका बिरामीहरुले पनि खान मिल्ने भएकोले विश्वबजारमा यसको माग बढ्दै गएको संचालकहरुले भनाईँ छ।

सेतोपाटी
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*