timthumb.phpविभिन्न बालीमा हुने जोखिमको पहिचान किसानले गर्न नसक्दा काभ्रेपलाञ्चोकमा बाली बिमाप्रतिको आकर्षण बढ्न सकेको छैन ।
बाढी वा डुबान, पहिरो वा भूस्वखलन, असिना, हिँउ, आगलागी र चट्याङका कारणले पनि बालीमा क्षति पुग्छ भन्ने ज्ञानको अभावका कारण बाली बिमाप्रतिको आर्कषण बढ्न नसकेको हो ।
बिमा कम्पनीसम्म किसानको पहुँच नभएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत दीपक पौडेल बताउँछन् । केही सहकारी संस्थाबाट कृषि विकास बैंकमार्फत बाली सुरक्षा कार्यक्रम सञ्चालन भए पनि प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।
“बाली सुरक्षा कार्यक्रम आंशिक मात्रै भयो,” उनले भने । महादेवस्थान गाविसका अगुवा किसान महेश्वर दाहाल विभिन्न आइपिएम किसान पाठशाला, धर्ती साना किसान सहकारी संस्थाबाट बाली सुरक्षाको कार्यक्रम सञ्चालन भए पनि आसातित सफलता प्राप्त गर्न नसकेको बताउँछन्। बाली सुरक्षा कार्यक्रममा विभिन्न आइपिएम किसान पाठशालाबाट महादेवस्थानका १४० जना तथा साना किसान सहकारी संस्थाबाट करिब १०० जना लाभान्वित भएको बताइएको छ ।
बाली सुरक्षा पाँचदेखि १३ रोपनी जमिन क्षेत्रफलमा हुने गरेको छ । त्यसमा हुने लागतको २५ प्रतिशत किसानले प्रिमियम तिर्दै आएका छन् । जिल्लामा २०६९ सालदेखि बाली बिमा सुरक्षा कार्यक्रम सञ्चालन भएको बताइएको छ । रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*