लिफ्ट सिँचाइ योजना निर्माणसँगै जिल्लाको डुरुवा–१ सरैयाका बासिन्दाको जमिनमा बाह्रै महिना सिँचाइको सुविधा भएको छ।
timthumb.phpसाना सिँचाइ समूहअन्तर्गत निर्माण भएको लिफ्ट सिँचाइ योजनापछि बाह्रै महिना जमिनमा सिँचाइ हुने गरेको योजना निर्माण समितिका अध्यक्ष एवम् स्थानीयवासी गुरुप्रसाद डाँगीले बताए। मोटरबाट चौवाखोलाको पानी गाउँसम्म पु¥याएर करिब ३२ बिघा जमिन सिञ्चित गरिएको छ।
सांसद डिल्लीबहादुर चौधरीको तीन लाख तथा स्थानीयवासीको गरी पाँच लाखको लागतमा सो योजना निर्माण भएको डाँगीले बताए। योजना निर्माणसँगै स्थानीयले बाह्रै महिना खेतबारीमा विभिन्न बेमौसमी तरकारी, मकै लगायतका खेती गर्ने गरेका छन्। “तरकारी किन्नुपर्ने समस्या टरेको छ”, स्थानीयवासी सीता केसीले भनिन्।
स्थानीयवासीले हाल घरघरमा करेला, बोडी, भिन्डी, गोलभेँडा लटरम्म फलाएका छन् । केहीले व्यावसायिक तरकारी खेती गरी मनग्य आम्दानी गरेका छन्। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*