बिहानबिहानै खाली पेट बेसारपानी पिउनुका फाइदाका बारेमा धेरैलाई थाहा हुनुपर्छ । केही मानिस त खाली पेटमा मह र कागती हालेको पानी पनि पिउँछन् । यसो गर्दा पेटको समस्या निको हुन्छ अनि मोटोपन पनि हुन पाउँदैन । अनि यसमा बेसार मिसाएर पिउँदा शरीरमा भएका विषालु पदार्थ पनि निस्कन्छ ।
पिउने तरिका
एक गिलास मनतातो पानीमा आधी चम्चा कागतीको रस, मह र एक चौथाई चम्चा बेसारको धूलो हालेर दिनदिनै सेवन गर्नुस् ।
बेसारमा एन्टीअक्सिडेन्ट तत्व हुन्छन् । यसले सबैखाले एलर्जी र बिरामीसँग लड्न मद्दत गर्छ ।
बेसारका फाइदा बेसारले क्यान्सर पैदा गर्ने कोशिकाविरुद्ध लड्न मद्दत गर्छ ।
बेसारको सेवनले पाचन प्रक्रिया राम्रो हुन्छ ।
शरीर सुन्निएको छ भने बेसारको सेवन गर्नुहोस् । यसमा भएको करक्युमिन नामक रसायनले औषधीको काम गर्छ ।
बेसारपानी पिउने मान्छेको दिमाग तीखो हुन्छ र स्मरणशक्ति पनि बढ्छ ।
बाथरोग लागेको व्यक्तिलाई बेसार सेवनले फाइदा पुग्छ ।
शरीरको कुनै अंगमा रगत जम्यो भने बेसारपानी पिउँदा फाइदा हुन्छ ।
बेसारमा अत्यन्त कम ग्लुकोज स्तर हुनाले डाइबिटिजको रोगीलाई लाभदायक हुन्छ ।
शरीरमा भित्री चोट लाग्यो भने दूधमा बेसार हालेर खाँदा छिट्टै घाउ निको हुन्छ किनकि बेसारमा एन्टीब्याक्टेरियल र एन्टीसेप्टिक गुण हुन्छ ।
तर याद राख्नुस्, कुनै पनि चीज ज्यादा सेवन गर्दा बेफाइदा नै हुन्छ । त्यसैले ठीक्क मात्रामा बेसारपानी पिउनुस् ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*