timthumb-phpजिल्लाको पूर्वी हिमाली गाउँ जेठल(मुडे)मा उत्पादित मुलुककै पहिलो ब्राण्डेड आलु राजधानीमा मात्रै तीन महिनामा ७० हजार किलो खपत भएको छ।
यस वर्षको सिजनमा सो परिमाणको आलु राजधानीमा खपत भएको हो। गाउँमा उत्पादित आलुलाई साना किसान तथा कृषि सहकारी संस्थाले कालीमाटी फलफूल तथा तरकारी बजारलगायत संकलन केन्द्रमा पुर्याउने गरेको छ।
जेठदेखि ब्राण्डलाई समेटेर आलु बिक्री गरिरहेको साना किसान तथा कृषि सहकारी संस्थाका अध्यक्ष मकरबहादुर तामाङले जानकारी दिए। ‘पछिल्लो तीन महिनामा ७० हजार किलो आलु काठमाडौं पुगेको छ’ उनले भने ‘ब्राण्डसहित ट्यागिङ र प्याकिङ भएर तीन महिनादेखि मुडे आलु राजधानी निर्यात भइरहेको छ,।’
 जुटको बोरा र प्लास्टिकको झोलामा ३०, १० र ५ केजी दरमा मुडे आलु राजधानीका बजारमा पुर्याइएको उनले जानकारी दिए।
‘ट्यागिङ’ र ‘प्याकिङ’ सहित ब्राण्ड नाम पाएपछि यहाँको आलु ठूलो परिमाणमा काठमाडौं पु¥याउन थालिएको हो। ‘ब्राण्ड’ पाएदेखि यहाँका किसानले गाउँमा फलेको अर्गानिक आलु काठमाडौं निर्यात गरेर राम्रो आम्दानी गर्न थालेका छन्।
राजधानीमा अन्य ठाउँको आलुलाई व्यापारीले मुडेको भनेर झुक्याउँदै बिक्री गर्न थालेपछि जिल्ला कृषि विकास कार्यालयले ब्राण्ड दिएको हो।
जेठलमा उत्पादित आलु छिमेकी जिल्ला दोलखा, रामेछाप, सिन्धुलीमा पनि खपत हुन्छ। कालीमाटीमा भन्दा राम्रो मूल्य छिमेकी जिल्लामा पाउने गरेको तामाङ बताउँछन्। ‘राजधानीमा प्रतिकिलो ३६ रुपैयाँमा मात्रै लिने गर्दछन्,’ उनले भने, ‘यता जिल्लाको बाह्रबीसे, लामोसाँघुमा प्रतिकिलो ४० रुपैयाँसम्म बिक्री हुन्छ।’
२२ सय मिटर उचाईमा उत्पादित स्वच्छ लेकाली हावापानीको आलुको राजधानीमा उच्च माग छ। मुडेको आलुको नाममा उपभोक्ता ठगिइने गरेकाले ब्राण्ड दिइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
‘यहाँबाट माटो लगेर कोटेश्वरमा अरु ठाउँको आलुमा दलेर मुडेको भन्दै बिक्री गर्ने गरेको पाईयो,’ जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नवराज थापाले आलुलाई ब्राण्ड दिइनुको कारण खुलाउँदै भने, ‘उपभोक्तामाझ यहाँको आलु स्थापित भएकाले पसलेले नठगुन् भनेर यस्तो प्रक्रिया अपनाइएको हो।’ उनले आलुलाई ब्राण्ड दिएपछि कृषक र उपभोक्ता दुवैलाई फाईदा पुगेको बताए।
उर्भरभूमि रहेकाले जेठल गाविसका ९५ प्रतिशत घरधुरी आलु व्यवसायमा लागेका छन्। आलुको बजार व्यवस्थापन स्थानीय साना किसान कृषि सहकारी संस्थाले गर्ने गरेको छ। बार्षिक १० लाख किलो भन्दा बढी आलु उत्पादन हुने गरेको संस्थाका अध्यक्ष मकरबहादुर तामाङले जानकारी दिए।
उनले ब्राण्ड भएपछि यहाँको आलुको गुणस्तरमाथि कसैले बदनाम गर्न नसक्ने बताए। किसानद्वारा उत्पादित आलु जेठलस्थित सिलढुंगामा संकलन गरेर प्याकिङ र ट्यागिङ गरी काठमाडौं पु¥याइने गरिएको छ।
यहाँ उत्पादित रोजिटा जातको आलु दुर्लभ मानिन्छ। लामोसाँघु–जिरी सडक बनाउने क्रममा यो जातको आलुको बीउ स्वीस सरकारले बाँडेपछि खेती सुरु भएको हो। व्यवसायिक तरकारी खेतीमा होमिएका यहाँका एकै किसानले आलु बिक्रीबाटै वार्षिक ४० लाख रुपैयाँसम्म आर्जन गर्ने गरेका छन्। मुलुकमा आलुलाई ‘ब्राण्डेड’ गरिएको यो नै पहिलो हो।
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*