Onfdsf] dfOdem'jfdf cn}FrL ;'sfpFb} Ps o'jtL . clxn] oxfF cn}FrL l6Kg] r6f/f] 5 .  tl:a/ M uf]ljGb nfld5fg], Onfd, /f;;

सोलुखुम्बु : गत वर्षको भूकम्पका कारण घरविहीन भएका जिल्लाका गोली र चौलाखर्क गाविसका बासिन्दा अलैँची बिक्री नहुँदा मारमा परेका छन् ।

विगतका वर्षहरुमा कात्तिक/मङ्सिर महिनाभित्रमा गाउँका सबैको अलैँची बिक्री भइसक्थ्यो । तर यस वर्ष कृषकले उत्पादन गरेको अलैँची झुपडीमै थन्किएको छ । करिब दस प्रतिशतले मात्र पछि नै मूल्य कायम गर्ने गरी स्थानीय व्यापारीलाई अलैँची जिम्मा लगाएका छन् ।

खेतबारी सबैतिर अलैँची खेती गरेका त्यहाँका कृषक बिक्री नहुँदा दैनिक गुजारा चलाउन समस्या भएको र चर्को ब्याजदरमा ऋण खोज्नुपरेको बताउँछन् । असोज महिनामा अलैँची टिप्दै गर्दा कृषकमा धेरै हौसला थियो । अलैँची कृषक भरत बस्नेत भन्छन, ‘गत वर्षको भन्दा बढी उत्पादन भयो, टिप्दै गर्दा प्रतिमन ४० किलोको  एक लाख मूल्य पाउने चर्चा थियो, तर दसैँ पर्वको रौनकसँगै हाम्रो खुसी घट्दै गयो ।’

दसैँको केहीअघिसम्म गाउँमा प्रतिकिलो रु दुई हजार ३०० मा किनबेच हुन थालेको थियो । तर पछि बजारमा अलैँचीको मूल्य घटेको चर्चा भएपछि व्यापारीले कृषकबाट अलैँची खरिद गर्न छाडे । अहिले अलैँची कृषकको झुपडीमै थन्किएको कृषक रामबहादुर खड्का बताउछन् ।

स्थानीय व्यापारी गोवद्र्धन बस्नेत अहिले चौलाखर्क र गोली गाविसमा गत वर्षको मूल्यअनुसार करिब  सात करोड बराबरको अलैँची थन्किएको छ । अलैँची बेचेर घर बनाउने योजना बनाएका त्यहाँका कृषक बिक्री हुन नसकेपछि मारमा परेका छन् ।

भूकम्पका कारण झन्डै ९५ प्रतिशत घर भत्किएका गोली र चौलाखर्कमा मुस्किलले ३० वटा जति यहाँ घर निर्माण गरिएका स्थानीयवासी उदक बस्नेत बताउछन् ।  अन्यले अलैँची बिक्री तथा सरकारले पुनःनिर्माणअन्तर्गत अनुदान दिने रकमको पर्खाइमा छन् ।

चौलाखर्क गाविसका सामाजिक परिचालक चुलबहादुर कार्की सरकारले पुनःनिर्माणका लागि सहयोग गर्ने भनिए पनि अहिलेसम्म कुनै कार्यक्रम नआएको बताउछन् । ‘भूकम्पको भन्दा अलैँची बिक्री हुन नसकेको पीडाले बढी मारमा परेका छौँ,’ उनले भने ।

एक दशकदेखि चौलाखर्क र गोलीका कृषक अलैँची खेतीमा लागेका छन् । धान, मकै उत्पादन हुने खेतबारीमा उनीहरुले अलैँची रोपेका छन् । तर अहिले अलैँची बिक्री नहुँदा चामल किन्ने पैसा समेत नभएको उनीहरुको भनाइ छ । गत असोजमै बिक्री गर्न सुकाएर बोरामा पोको पारेको अलैँची झुपडीमै थन्किएको छ । रासस

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*