29022016113656tree-1000x0– असारदेखि फागुनसम्म करिब ९ टन विभिन्न जडीबुटी बाहिर पठाइएको छ ।

जिमा, रुगा, रारा, माग्री, पिना, मुगु, डोल्फु कालैलगायत गाविसको वन जंगलमा स्थानीयबाट संकलित जडीबुटी सडक र हवाई मार्गबाट सुर्खेत, नेपालगन्ज हुँदै भारत निकासी भएको हो ।

जटामासी ४३ हजार २ सय किलो, पदमचाल २३ हजार ५ सय किलो, साधारण च्याउ ४ सय ३० किलो, अत्तिस १ सय ५० किलो, चिराइतो ३ हजार ५० किलो सतुवा ५ सय ३० किलो जिल्ला बाहिर पठाइएको छ ।

त्यस्तै कटुकी १३ हजार ५ सय किलो, विषजरा १ सय २५ किलो, पाखनबेध ७ हजार ९ सय किलो, काकरसिंगो १ हजार किलो कालादाना १५ किलो वन लसुन १० किलो र गुच्ची च्याउ २७ किलो बाहिर पठाइएको वन कार्यालयले जनायो ।

साउनयता ९७ हजार ५ सय २४ किलो जडीबुटी जिल्ला बाहिर पठाइएको जिल्ला वन अधिकृत प्रेमशंकर चौधरीले बताए ।

जिल्ला बाहिर पठाइएको जडीबुटीबाट करिब १६ लाख ७६ हजार रुपैयाँ राजस्व संकलन भएको उनले जनाए । जडीबुटी उत्पादनले स्थानीयको आयस्तर वृद्धि भएको छ ।

गाडी पुगेपछि वन क्षेत्रबाट संकलित विभिन्न प्रकारका जडीबुटी व्यापारीले वन कार्यालयबाट निकासी पुर्जी लिएर सहजै सुर्खेत नेपालगन्ज हुँदै भारत पुर्‍याए बिक्री गर्ने गरेका छन् ।

जिल्लामा मौसम अनुसारको जडीबुटी उत्पादन हुने गरेको छ । फागुन–वैशाखमा गुच्ची च्याउ, जेठ–असारमा यार्सागुम्बा, साउन–भदामौ वन लसुन, असोज–कात्तिकमा कटुकी, अत्तिस संकलन हुने गरेको छ । यो वर्ष खडेरीले वन क्षेत्रको जडीबुटी उत्पादनमा समेत असर पुग्न सक्ने अनुमान गरिएको छ ।

भारी हिमपात र वर्षा नभएसम्म यार्सागुम्बु र गुच्ची च्याउ उत्पादन कम हुने स्थानीयवासीले बताए ।

 

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*