timthumb.phpस्याउको राजधानी भनेर चिनिने हिमालपारीको जिल्ला मुस्ताङमा ३३ हजार स्याउका बिरुवा वितरण गरिएको छ।
आव २०७२/७३ मा स्याउको विकासका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ३३ हजार बिरुवा वितरण गरिएको हो । चालु आवमा यो परिमाणमा वृद्धि गर्ने लक्ष्य राखिएको छ।
कृषकलाई गोल्डेन, रोयल, रेड, रिचाअरेड र फुजी डेलिसिस जातका स्याउका बिरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । कृषकलाई व्यावसायिक स्याउ खेतीमा आबद्ध गराई आत्मनिर्भर बनाउन र स्याउको उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषक समूहमार्फत अनुदानमा स्याउका बिरुवा वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले बताइन्।
उनका अनुसार मुस्ताङको लेते र कुञ्ज गाविसबाहेक अन्य सबै गाविसमा स्याउ उत्पादन हुँदै आएको छ । मुस्ताङको मार्फा, टुकुचे, जोमसोम, कागबेनीलगायतका गाविसमा स्याउको उत्पादन राम्रो रहेको उनले जानकारी दिइन्।
यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा स्याउको नर्सरी स्थापना गरिएको छ भने घमी, घिलिङ, छोसेरलगायतका स्थानमा स्याउ उत्पादन हुँदै आएको छ। गतवर्ष मात्रै मुस्ताङमा पाँच हजार मेट्रिक टन स्याउ उत्पादन भएको अधिकृत बरालको भनाइ छ।
त्यस्तै कार्यालयले ५० प्रतिशत अनुदानमा खाद्य तथा बीउबिजन वितरण, मागमा आधारित हाते ट्याक्टर, रिफर, जुसरको वितरण, स्याउ र ओखरको बीउ वितरण गरेको बताएको छ। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*