भीमकुमार बाँस्कोटा

alaichi1पाँचथर : थर्पुका नारायण कोइरालालाई १५ मन अलैँची विक्रि गर्न झण्डै एक बर्ष लाग्यो । गत बर्ष प्रतिमन (४० किलो) एक लाख १० हाजरको भाउमा अलैँची विक्रि गरेका उनले यो बर्ष पनि राम्रो मूल्य कुर्दा कुर्दै नौ महिना विताए ।

कोइरालाले चार पटक सम्म अलैँची बेच्ने जमर्को गरे । अन्तमा प्रतिमन ८२ हजारकै भाउमा अलैँची बेच्न बाध्य भए । त्यो पनि झापाको विर्तामोड पुर्याएर विक्रि गर्नुपर्यो । विर्तामोडका मुकेस मारवाडीलाई आफूले अलैँची बेचेको कोईराला बताउँछन् । “अलैँचीको मूल्य अस्थिरताले हामी हैरान छौँ,” कोइरालाले भने “मूल्यमा अस्थिरता भएको भन्दै व्यापारिले कृषकलाई राम्रो मूल्य दिदैनन् ।”

 

सिदिनका तेज बहादुर आङ्बोले पनि मुल्यको उतारचढावकै कारण अझैसम्म अलैँची गोदाममै राखेका छन् । फिदिम स्थित नेपाल स्टोरमा अलैँची गोदाम गरेको उनले बताए । “मूल्य बढ्यो भनेर सुन्ने वित्तिकै अलैँची बेच्न गयो, नपुगिकन फेरी घट्यो भन्ने सुनिन्छ,” आङ्बोले भने “मूल्यको चाकाचुलीले अझैसम्म अलैँची बेच्न सकेको छैन् ।”
हुनेखाने कृषकले बजारसम्म अलैँची पुर्याएर राम्रो मूल्य नपाउँदा गोदाममा राख्ने गरेका छन् । उनीहरु मूल्य कुरेरै भएपछि रामै्र दाममा अलैँची बेच्ने कोशिस गर्छन् । तर, विपन्न कृषकलाई घर खर्च जुटाउनै हम्मे हुन्छ । उनीहरुले बजार ल्याउने वित्तिकै अलैँची बेच्न बाध्य छन् । खर्च अभावमा उनीहरुले कम मूल्यमै भएपनि अलैँची विक्रि गर्छन् । जसका कारण कृषकहर सँधै मारमा परेका छन् । “अस्थिर मूल्यले गर्दा व्यापारिले खेल्ने ठाँउ पाएका छन्,” कोइरालाले भने “मूल्य अ अस्थिरतालाई रोक्न राज्यले ध्यान दिनुपर्छ ।”

 

अलैँचीको बजार मूल्य कम भएको बजार हल्ला भयो भने कृषकले घरमै अलैँची राख्छन् । कृषकहरुले अलैँची विक्रि गर्न नल्याएपछि बजारका व्यापारिले मूल्य बढेको हल्ला फिजाँउछन् । मूल्य बढेको हल्लाले कृषकहरु अलैँची विक्रि गर्न बजार ल्याउँछन् । व्यापारिकोमा अलैँची आउने क्रम बढेपछि व्यापारिले फेरी मूल्य घटेको भन्दै कृषकको हातमा कम मूल्य थमाईदिने गरेका छन् । जसको कारण कृषहरु सँधै ठगीने गरेका हुन् ।

कृषकलाई ठग्न व्यापारिले दुई चार ओटा बाहाना बनाउने गर्छन् । अलैँची गुणस्तरहिन भएको, मूल्य अस्थिरताले फेरी मूल्य घटेको र ग्रेडिङ नगरेको माल भन्दै व्यापारिले कृषकलाई ठग्ने गरेका हुन् । “यो जात र उ जातको अलैँची भनेर पनि कृषकलाई ठग्ने गरिन्छ,” कोइरालाले भने ।

 

अलैँची व्यवसायि पाँचथरका अध्यक्ष नरेन्द्र अधिकारीका अनुसार यो बर्ष अलैँचीको मूल्यमा आएको अस्थिरताले व्यापारी पनि मारमा छन् । मूल्य अस्थिरताकै कारण व्यापारिले कृषकलाई राम्रो मूल्य दिन नसकेको व्यापारिको भनाई छ । अधिकारीको अनुसार यो बर्ष अस्वभाविक रुपले मूल्यमा उतारचढाव आयो । प्रतिमन ६८ हजार देखि एक लाख रुपैँयासम्म अलैँचीको कारोबार भएको छ । त्यस्तै प्रतिमन ८० हजार, ९० हजार रुपैँयामा कारोबार भयो । अहिले हाल ८४ प्रतिमन अलैँचीको कारोबार भईरहेको अधिकारीको भनाई छ । “अन्तराष्ट्रिय बजारको मागको आधारमा यहाँको अलैँचीको मूल्य निर्धारण हुन्छ,” अधिकारीले भने “अन्तराष्ट्रिय बजारमा अलैँचीको माग कम भएपछि मूल्य घट्ने हो ।”

पाँचथरबाट कृषिउपजको निर्यातमा सबैभन्दा ठूलो हिस्सा ओगटेको अलैँची नै हो । तथ्यांक अनुसार जिल्लाबाट एक अर्ब भन्दा बढि मूल्यको अलैँची निर्यात हुन्छ । यहाँ उत्पादन भएको अलैँचीको बजार झापाको विर्तामोड हो । विर्तामोडका व्यापारिले भारतमा लगेर लअ‍ैँची विक्रि गर्छन् । भारतीय बजारमै नेपालमा उत्पादन भएको अलैँचीले कम मूल्य पाएकाले कृषकलाई राम्रो मूल्य दिन नसकिएको व्यापारिहरु बताउँछन् । नेपालमा उत्पादन भएको अलैँची तेस्रो मुलुकसम्म निर्यात गर्न नसक्दा मूल्य खस्केको चर्चा गरिन्छ ।

विर्तामोडका अलैँची व्यापारीले प्रतिमन आठ हजार देखि १० हजार सम्म अलैँचीको मुल्य लुकाएकाले पनि मूल्यमा व्यापक उतारचढाव आउने गरेको पाँचथरका व्यारिको भनाई छ । यता, पाँचथरका अलैँची व्यापारिले पनि कृषकहरुलाई त्यहि अनुपातमा मूल्य लुकाएर कृषकहरुबाट अलैँची खरिद गर्ने गरेकाले मूल्य अस्थिर हुने गरेको बताइन्छ ।

पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष मित्र प्रसाद काफ्लेका अनुसार अलैँची व्यापारिहरुको अस्वस्थ प्रतिस्पर्धाकै कारण अलैँचीको मूल्यमा अस्थिरता आएको हो । व्यवसायि र किसानले अलैँचीको उत्पादन, उत्पादकत्व र गुणस्तरमा सम्झौता नगरे मूल्य स्थिर हुने काफ्लेको ठहर छ ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*