ललितपुर । स्थानीय तहको अधिकार क्षेत्र र जिम्मेवारीको विषयमा कानुन नबनिसकेको अवस्थामा कार्यपालिका सदस्यहरुलाई समेत जानकारी नसदिइ मापदण्ड विपरित गोदावरी नगरपालिकाले लेले, छम्पी, देवीचौर र नल्लु क्षेत्रमा तीनवटा खानी र १५ वटा क्रसर उद्योगलाई सञ्चालन गर्न अनुमती दिएको खुलासा भएको छ ।

नगरपालिका सञ्चालनको नियमावली र कार्यविधि नै नआएको अवस्थामा नगरपालिका प्रमुख गजेन्द्र महर्जनले मनोमानी ढंगले कार्यपालिका सदस्य र वडा अध्यक्षहरुलाई समेत जानकारी नदिइ गोप्य रुपमा अनुमती दिएको खुलासा भएको हो ।
अनुमती पाउने खानी उद्योगहरुमा लेलेस्थित निराकार ढुंगा रोडा उद्योग, छम्पीस्थित विनायक एग्रिगेट प्रा।लि, छम्पीस्थित सजिलो ढुंगा रोडा उद्योग रहेका छन् ।

निराकारका प्रोपाइल विवादित उद्योगी मधु डोटेल हुन् भने विनायकका कमल भण्डारी र सजिलोका निरेजगोविन्द श्रेष्ठ पनि यस क्षेत्रको ढुंगा खानी संचालनको प्रक्रियामा पटक पटक विवादमा चातनिएका छन् ।

यसैगरी सञ्चालन अनुमती पाउने क्रसर उद्योगहरुमा सांग्रिला कंक्रिट एलाइट इष्टष्ट्रिज प्रालि, शक्ति स्टोन क्रसर प्रालि, कान्तिपुर रोडा ढुंगा उद्योग, मनकामना एग्रिगेट इन्डष्टिज, पर्वत रोडा ढुंगा उद्योग, छम्पीमाई ढुंगा रोडा उद्योग, सजिलो ढुंगा रोड उद्योग लगायत १५ वटा रहेका छन् ।

लामो समयदेखि विवादमा रहेर पटक पटक सरकारले रोक्न आदेश दिएका यी उद्योगहरु २०७० सालको निर्वाचन पश्चात केही समय चलेका थिए । त्यसपछि पुन बन्द गरिएकोमा ०७३ देखि क्रसर उद्योग सञ्चालनको अनुमती रोक्का गरेको छ । खानीको हकमा स्थानीय स्वायत्त शासन अनुसार साविकको जिल्ला विकास समितिलाई अधिकार दिइएको थियो । तर मुलुक संघीय संरचनामा गइसकेपछि उक्त अधिकार जिल्ला समन्वय समितिलाई हुने व्यबस्था गरिएपनि स्थानीय सरकारले त्यसको विरोध गरेपछि प्राकृतिक स्रोध साधन परिचालन कसरी हुने भन्ने कुरा तय भइनसकेको बेला नगरपालिका प्रमुखले आफ्नो कार्यपालिका वैठकलाई समेत लत्याएर मापदण्ड मिचेर अनुमति दिएको पाईएको भन्दै विरोध जनाएका छन् ।

विद्यमान व्यवस्थामा खानी सञ्चालन अनुमती दिन खानी विभागसँग समन्वय गर्नुपर्ने प्रावधिान छ । तर गोदावरी नगरपालिकाले खानी विभाग र घरेलु तथा साना उद्योग कार्यालयलाई समेत जानकारी नगराएको पुष्टि भएको छ ।

रातो पहाड साप्ताहिक तस्विर सामाजिक सञ्जाल

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*