खोला तथा वनपाखामा खेर गई सडेर कुहिएर जाने बिषालु घाँस अल्लो प्रशोधन गरी धागो निकाल्ने मेसिन जिल्लामा भित्रने भएपछि यहाँका उद्यमी आम्दानीको स्रोत बढ्ने भन्दै हर्षित भएका छन।
हालै उद्योग मन्त्रालयले सुदूरपश्चिमका डडेल्धुरा र दार्चुलामा अल्लो प्रशोधन गर्ने मेसिन उपलब्ध गराउने भने पछि स्थानीय अल्लो उद्यमी खुसी भएका हुन्। प्रशोधन गर्ने मेसिन राखिने भए पछि जिल्लाको पहिचान अल्लोले गराउने भन्दै स्थानीय उद्यमी खुसी भएका हुन्।
अल्लोको मौसमअनुसार सदुपयोग भएन भने स्वतः नष्ट भएर जान्छ। उद्योग मन्त्रालयले स्थानीयस्तरमा नै अल्लो प्रशोधन गर्न मेसिन राख्ने निर्णय गरेपछि अल्लो उद्यमीसमेत बढ्ने गाङ्खेत–१ का उद्यमी कुन्तीदेवी थापामगर बताउँछिन ।
उद्यमीले आफैँ अल्लो काट्ने, सङ्कलन गर्ने, खोलामा भिजाउने, कुट्ने पिट्ने, पकाउने छान्ने सुकाउने र रेसा धागो बनाउने, कच्चा पदार्थ उत्पादन गर्ने कार्य आफै गर्दै आएकी छिन। झोला, कोट पाइन्टका कपडा उत्पादन गरी बजारमा बिक्री गर्दै आएकी छिन। गत वर्ष तीन क्विन्टल तथा यस वर्ष सात क्विन्टलभन्दा बढी अल्लोको धागो बिक्री गरेको थापामगरले बताइन। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*