तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।

केसीले मौरीपालन व्यवसायबाट वार्षिक १८ लाख आम्दानी गर्छन्। विसं २०६० मा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर कृषि क्याम्पसबाट कृषिमा स्नातक तहसम्मको अध्ययन गरेका केसीले जागिरलाई थाती राखी कृषि व्यवसायलाई अङ्गालदै आएका छन्।

केसीले २०६२ सालमा चार घार मौरीबाट व्यवसाय सुरु गरेका हुन्। हाल उनले ७०० घार मौरी पालेका छन्। उनले २०६९ सालमा ‘प्राकृतिक मह उत्पादन तथा मौरीपालन फार्म’ दर्ता गराएका उनले गत वर्ष पाँच हजार किलो मह बिक्री गरी १२ लाख ५० हजार आम्दानी गरेको बताए।

मौरीको घारलाई एक हजार बनाउने उनको लक्ष्य छ । पाँच जनाले रोजगार समेत दिएका केसीलाई कृषि विकास कार्यालयले गत वर्ष राष्ट्रपति उत्कृष्ट पुरस्कार प्रदान गरेको थियो । तस्बीर:बालाराम खड्का/रासस

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*