timthumb-phpम्याग्दीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ । कृषिमा व्यवसायीकरण, विविधीकरण र यान्त्रीकरण गरी कम लागनमा बढी उत्पादन गर्ने उद्देश्यले १० वर्षे परियोजना सुरु भएको हो।
परियोजनाअन्तर्गत जिल्लामा मकै र तरकारी खेतीको उत्पादन तथा प्रशोधन केन्द्र (बल्क) आयोजना सञ्चालन गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बेनी नगरपालिकामा तरकारी र नगरपालिकासहित अर्मन, भकिम्ली र बरञ्जामा मकैबालीको उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरिने वरिष्ठ कृषि विकास अधिकृत, श्यामप्र्रसाद रिजालले बताए।
केन्द्रले एक हजार हेक्टर क्षेत्रफल समेट्ने जनाइएको छ । कृषक समूह र कृषि सहकारी संस्थामार्फत सञ्चालन हुने आयोजनामार्फत कृषि यान्त्रीकरण, पूर्वाधार विकास, व्यवसायीकरण र प्रवद्र्धनमा सघाउ पुग्ने कार्यक्रम गरिने भएको छ ।
बल्क आयोजना र पकेट क्षेत्रसम्बन्धी कार्यक्रमका लागि कृषि विकास कार्यालयलाई एक करोड २७ लाख बजेट प्राप्त भएको छ । पकेट क्षेत्रमा सिँचाइ विस्तार, उपकरण खरिद र उत्पादनमा आधारित अनुदानसम्बन्धी १५ वटा कार्यक्रमका लागि रु ३४ लाख ८० हजार बजेट आएको छ ।
मकैबाली भण्डारण भवन बनाउन ३४ लाख तथा दुईवटा कृषि औजार केन्द्र भवन बनाउन रु ४५ लाख बजेट प्राप्त भएको छ ।
कृषि तालिम केन्द्रको भवन बनाउन पाँच लाख, तरकारी खेतीका लागि हरित गृह बनाउन छ लाख र प्रयोगशाला स्थापना गर्न एक लाख ८० हजार प्राप्त भएको कृषि विकास कार्यालयले जनाएको छ। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*