सिन्धुली, असार
timthumb.phpरासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीयपन बढ्दै गएको छ ।
जिल्ला कृषि विकास कार्यालयले पाँच स्थानमा माटो परीक्षण गर्दा दूधौलीमा बढी अम्लीयपन रहेको कृषि प्रसार अधिकृत विजय मण्डलले जानकारी दिए। अम्लीयपन हटाइ तटस्थ माटो बनाउन माटोमा प्रतिकठ्ठा ८० देखि ९० किलो कृषि चुनको प्रयोग गर्न सकिन्छ ।
सिफारिस गरिएको चुन दुई÷तीनपटक प्रयोग गर्नुपर्छ । माटो परीक्षणमा १४ पिएच मानसम्म परीक्षण हुने र ६.५ भन्दा कम पिएच मान आएको माटोमा अम्लीयपन हुने र ७.५ भन्दा बढी आएमा उक्त माटोमा क्षारीय हुने मण्डल बताउँछन् ।
अम्लीय वा क्षारीय दुबै भएको माटोमा उब्जनी कम हुन्छ भने तटस्थ माटोमा उब्जनी बढी हुन्छ । यस वर्ष जिल्ला कृषि विकास कार्यालयले दूधौली, कपिलाकोट, दुम्जा र झगाझोलीमा दुई पटक माटो परीक्षण शिविर सञ्चालन गरेको थियो । जिल्लामा माटो परीक्षण गर्ने उपकरण नभएकाले माटो व्यवस्थापन निर्देशनालयले घुम्ती माटो परीक्षण ल्याब ल्याएर परीक्षण गरेको थियो ।
परीक्षण गर्दा महाभारत क्षेत्रको माटोमा अम्लीयपन नपाइएको र उत्पादनका हिसाबले पकेटक्षेत्र मानिएको दूधौली, कमलाखोच र मरिण क्षेत्रमा अम्लीयपन भएको पाइएको छ । जथाभावी रासायनिक मलको प्रयोग नगर्न कार्यालयले किसानलाई आग्रह गरेको छ । परीक्षण गर्न नसक्ने ग्रामीण क्षेत्रका किसानले माटोमा अम्लीयपन भएको शङ्का लागेमा प्रतिकठ्ठा १० किलो कृषि चुन प्रयोग गर्नसक्ने कार्यालयले जनाएको छ ।
किसानले कृषि चुन छरेर जमिन जोत्नुपर्ने हुन्छ । यसरी जोतेको जग्गामा एक महिनासम्म कुनै पनि बाली लगाउन नहुने कार्यालयले जनाएको छ । कृषि चुनले माटोलाई कुनै हानी नगर्ने भएकाले हरेक चार÷पाँच वर्षमा माटो परीक्षण गरी कृषि चुन प्रयोग गर्नुपर्ने कार्यालयले किसानलाई सल्लाह दिएको छ । रासस

 

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*