timthumb.phpललितपुरमा अर्गानिक कफीको व्यवसायिक उत्पादन हुन थालेको छ।
यस व्यवसायवाट कृषकले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न समेत सफल भएका छन्। कफी खेतीका लागि किसानले आफ्नै वा अरुको जग्गा भाडामा लिने गरेका छन्।
विशेषगरी जिल्लाको दक्षिणी भेगमा पर्ने दुर्गम गाविसमा यो व्यवसाय फस्टाउँदै गएको हो । लगनखेलबाट ६० किमीको दूरीमा अवस्थित ठूलादुर्लुङ, चन्दनपुर, गिम्दी, आश्राङ, प्युटारलगायतका गाविसमा अर्गानिक कफी उत्पादन हुने गरेको छ।
यहाँ उत्पादित कफी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा बिक्री वितरण हुँदै आएको छ। विगत ६ बर्षदेखि यस व्यवसायमा संलग्न रहेका ठूलादुर्लुङ–२ का गोपाल विश्वकर्माले कफी व्यवसायबाटै आफ्नो घरगृहस्थी राम्रो संग चलाएको बताउँछन्।
आफ्नो दुई रोपनी जग्गामा २०० वटा कफी लगाइएको छु, उनले भने– त्यसवाट बर्षेनी २ लाख ५० हजारका दरले आम्दानी हुने गरेको छ। यही व्यवसायबाट आएको आम्दानीले चारजना परिवारको जीविकोपार्जन गर्दै आएकामा उनी दङ्ग छ। यो व्यवसायकै आम्दानीवाट एउटा छोरा र एउटा छोरीलाई बोर्डिङ विद्यालयमा पढाउन पाउँदा उनी झन खुसी छन्।
यसैगरी आश्राङ गाविसका कृषक राम दङ्गालका अनुसार कफीखेतीबाट रामै्र फाइदा हुने गरेको छ । विगत १५ वर्षदेखि यही व्यवसायबाट आफ्नो जीविकोपार्जन गर्न सफल भएको उनले बताए। कफी प्राविधिक एवम् व्यवसायी मीठाराम जमरकटेलले कफीखेती नेपालको मध्य पहाडी भेगमा हुने गरेको बताउँदै यसलाई नगदेबालीका रुपमा लिने गरेको उल्लेख गरे। समुद्री तहबाट ८०० देखि एक हजार ६०० मिटरको उचाइसम्म यो खेती हुने गरेको उनको कथन छ ।
बिशेषगरी हिउँ, तुसारो नपर्ने स्थानमा यो व्यवसाय राम्रोसंग फस्टाउने गरेका छन् । कफी सहकारी सङ्घ ललितपुरका अध्यक्ष समेत रहनुभएका कृषक डोलराज अधिकारीले पनि आफ्नै जग्गामा गर्दै आएको कफीखेतीवाट बर्सेनि उल्लेखनीय आम्दानी गरेको बताउँछन्।
यहाँ उत्पादन भएका कफीमध्ये वार्षिक १२ टन ग्रीन विन्स (नभुटेको) जर्मनीमा निर्यात हुँदै आएको बताउँदै उनले यो कफी प्रतिकिलो ८०० मा बिक्री हुने गरेको बताए।
अध्यक्ष अधिकारीका अनुसार, वार्षिक १३ टन कफी स्थानीय बजारमा बिक्री हुने गरेका छन् । वार्षिक रुपमा यहाँ २५ टन कफी उत्पादन हुँदै आएको छ । विभिन्न स्थानमा गरेर जिल्लामा करिब ८० हेक्टर जग्गामा कफी खेती हुँदै आएको छ।
नेपालको स्याङ्जा, पाल्पा, नुवाकोट, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, गुल्मीलगायतका जिल्ला कफीखेतीका लागि निकै उपयुक्त मानिन्छन्। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*