local-layer-2ललितपुरमा एक महानगरपालिका सहित ७ तह हुने भएको छ । जिल्लाको विभिन्न विकल्प सहितका छलफलहरुले कुनै गतिलो निर्णय गर्न नसकेको भन्दै स्थानीयहरुको पनि व्यापक विरोध भईरहन थालेपछि राजनीतिक दलहरुले दक्षिणी क्षेत्रमा ४ तह दिनका लागि उपत्यकाभित्र एक महानगरपालिका, एक उपमहानगरपालिका  र एक नगरपालिका बनाई दक्षिणी क्षेत्रमा ४ गाउँपालिका बनाउने सहमति जुटाएर स्थानीय निकाय पुनसंरचना आयोगमा पठाएका छन् । local-layer-lp
प्रस्तावअनुसार ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिका मिलाएर महागोदावरी उपमहानगरपालिका र कार्यविनायक तथा बज्रवाराही मिलाएर बज्रविनायक नगरपालिका बनाउने सिफारिस गरिएको छ ।यस्तै दक्षिणी क्षेत्रलाई महाँकाल, कोञ्जेसोम, खानीखोला र बागमती गाउँपालिका बनाउने सिफारिस भएको छ । केही स्थानमा छिटफुट असहमति बाहेक स्थानीयहरुको असहमति नभएको राजनीतिक दलहरुले बताएका छन् । local-layer-2

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*