lakuri-1ललितपुरको लाँकुरीभञ्ज्यांग युरोपेली पर्यटकको रोजाइमा उत्कृष्ट गन्तव्यमा परेको छ । छ महिना यता नेपालमा स्वयम्सेवीको रुपमा कार्यरत रहेका डेनमार्कका यम्मा र म्यारी सहितको टोलीले लाँकुरीभञ्ज्यांगलाई आधार बनाएर सामाजिक काम गरिरहेको छ ।
ललितपुरका विभिन्न विद्यालयमा डेनिस एड चर्च मार्फत काम गरिरहेका यी स्वयम्सेवीले लाँकुरीभञ्ज्यांगको होमस्टे, यहाँको प्राकृतिक वातावरण र स्थानीयको पर्यटनमैत्री स्वागत सत्कारको प्रशंसा गरेका छन् ।

केही समयको नेपाल बसाइपछि डेनमार्क फर्कने यी पर्यटकले फेरि नेपाल भ्रमण गर्ने र साथीहरुलाई पनि यहाँको tour-1भ्रमण गर्न सुझाव दिने समेत बताएका छन् । स्थानीय महिला, वालवालिका तथा ग्रामीण समुदाय पर्यटन विकासमार्फत समृद्ध बन्न सक्ने स्वयम्सेवी यम्मा बताउँछिन । नेपालभित्र धेरै पर्यटकीय सुन्दरता भएका स्थानहरु भए पनि यो ठाउँले आफूहरुलाई निकै आकर्षण गरेको म्यारीले बताइन् ।
सूर्योदय हेर्न तथा काठमाडौं, ललितपुर र भक्तपुर एकैसाथबाट हेर्न सकिने लाँकुरीभञ्ज्यांगलाई रोजाई बनाएका पर्यटकहरुको आगमन बढेको छ । लाँुकरीभञ्ज्यांगका स्थानीय अगुवा विजय लामाले विदेशी पर्यटकहरुलाई यस क्षेत्रमा ल्याउन तथा पर्यटनमैत्री वातावरण बनाउन काम गरिरहेको बताउनुभएको छ ।

तस्बिर जीबी लामा

lakuribhanjyang

lakuribhanjyang-tourist

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*