student-1जब कुनै अतिवादले सीमा नाघ्छ नेपाली विद्यार्थी संगठनहरु सबै पार्टी र नागरिकहरुलाई पाठ सिकाउँदै एकढिक्का भएर सडकमा ओर्लिन्छन् । त्यो अतिवाद परास्त हुन्छ । यस्तै इतिहासलाई स्मरण गर्दै नेपाली विद्यार्थीहरु आइतबार सडकमा ओर्लिएका छन् लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको पक्षमा । महाअभियोग पास गर्न र संसदीय तथा संवैधाकि सर्बोच्चता कायम गराउन संयुक्त विद्यार्थी आन्दोलनले आइतबार बृहत प्रदर्शन गरेको छ ।

र्यालीका सहभागीले कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्कालै संसदबाट पारित गर्न माग गरेका छन् । उनीहरुले कार्कीको सम्पति समेत छनविन गरेर विधिको शासन पालना गर्न सरकारसँग माग गरेका छन् ।student-2

सो अवसरमा सम्बोधन गर्दै अनेरास्ववियुका अध्यक्ष नवीना लामाले अख्तियार प्रमुख कार्कीले न्यायालयका विरुद्ध गतिविधि गरेकोमा दुःख व्यक्त गर्दै त्यस्तो छुट कसैलाई पनि नरहेको बताइन् ।

विद्यार्थी संगठनले आईतबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटी कार्की विरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोगको प्रस्ताव तत्काल पारित ध्यानाकर्षण गराएका थिए ।

जलुशपछि बानेश्वरमा विरोघसभा गर्दै अनेरास्ववियु अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारी अध्यक्ष नरेन्द्र न्यौपाने,नेविसंघ महामन्त्री कुन्दन काफ्ले, मधेसी विद्यार्थी फोरम अध्यक्ष कप्लेश्वर यादव लगायतले लोकमान विरुद्धको महाअभियोग प्रस्ताव पारित नभएसम्म आन्दोलन नरोकिने बताए ।student-3

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*