चीना थापा 
पूर्वमा ढापसार खहरे, पश्चिममा सिन्दुरे खहरे, उत्तरमा विपि राजमार्ग आसपासको आवादी क्षेत्र र  दक्षिणमा चुरे पर्वत श्रृंखलालाई सिमाना वनाएर २ सय ३६ हेक्टरमा फैलिएर रहेको सिन्दुरेटार सामुदायिक वन अहिले वन संरक्षण नमुना  र सामुदायिक विकासको मुख्य श्रोत बनेको छ ।
२०५६ सालमा आफ्नो अधिकार क्षेत्रको वनलाई छुट्याइ सिन्दुरेटार सामुदायिक वन नाममा दर्ता गरेर सरक्षणमा र सदुपयोगमा  जुटेका स्थानीय वासीहरुले सामुदायिक वन संरक्षण र सदुपयोग गरि समुदायको मुहारै फेर्न सफल भएका छन् ।
 green
सरकारी स्वामित्वमा रहेका बखत जथाभावी वन फडानी तथा काठ चोरी निकासी र छाडा चरिचरणका कारण हरियो वन उजाड पाखोको रुपमा परिणत भएपछि वनबाट लिन सकिने काठ, दाउरा, स्याउला, घाँस, जडिबुटी आदिका लागि स्थानीयबासीहरुलाई समस्या हुँदै गयो । बाह्रैमास पाइने पानीका मुहानहरु सुक्दै गए । आफ्नो गाउँ नजिकैको वन विनास भएपछि भोग्नुपरेको विविध समस्याले दिक्दार भएका स्थानीयवासीहरु एकजुट भएर लागि परे वन संरक्षणमा ।
सामुदायिक वन आफ्नो स्वामित्वमा आएपछि उजाड हुँदै गएको वन संरक्षण र संवर्धनगर्दै आजको अवस्थासम्म आइपुग्नका लागि ठूलो चुनौती व्यहोर्नु प¥यो स्थानीयवासीहरुले ।
वन  संरक्षणका लागि स्थानीयवासीहरुले छाडा चरिचरण नियन्त्रया गर्ने, सामुहिक गस्ती गर्ने, चेतनामुलक कार्यक्रमहरु गर्ने, अग्नी रेखा काट्ने, झाडी सफा गर्ने गर्न थाले ।
यसरी एकजुट भएर वन संरक्षणमा लागे पछि सामुदायिक वन हराभरा हुँदै गएको त छनै, हरिण, मृग, खरायो, लोखर्के, स्याल, फ्याउरो, दुम्सी, सालक, बाँदर, मलसाँप्रो, गोहोरो लगाएतका जंगली जनावरहरुका साथै कालिज मयुर, लुइँचे, ढुकुर, सुगा, मैना, वन कुखुरा लगाएत थुप्रैजातका चराचुरुङ्गीहरुको बासस्थल वनेको छ सिन्दुरेटार सामुदायिक वन ।
९० प्रतिषत सालका रुखहरु पाइने यस  वनमा साज, चिलाउने,  फडिर, हर्रो बर्रो लगाएतका रुख विरुवाहरु र चिराइतो, कुरिलो, सुनाखरी, कुमकुम धुप लगाएत थुप्रै जातका जडिबुटिहरु पनि पाइन्छन्  । सामुदायिक वनबाट अहिले १३९ सय घरधुरीका करिब ७ सय जनसंख्यालाई दैनिक उपभोगका लागि चाहिने घाँस, दाउरा, स्याउला, काठ सहजै प्राप्त गर्न र आय आर्जन पनि गर्न थाले पछि निक्कै दंग छन् स्थानीयवासीहरु ।
गाउँ नजिकै हराभरा सामुदायिक वन भएपछि दैनिक आवश्यक आपूर्ति मात्र हैन त्यसको आम्दानीले सामुदायिक विकासमा पनि ठुलो टेवा पुगेको छ ।
समुदायका लागि आवश्यकता भन्दा बढी भएको काठ, दाउराको विक्रिवितरण र काठ दाउरा लीलामी सामुदायिक वनको मुख्य आर्थिक श्रोतहरु हुन् ।
कुल आम्दानीको ४० प्रतिषत सामाजिक विकासका लागि छुट्याइएको रकमबाट  विद्यालय सडक, खानेपानी, सामुदायिक वन भवन निर्माण  लगाएत समुदाय विकासका आधारभूत क्षेत्रहरुमा सामुदायिक वनले लगानी गरेको छ । वनको अधिकांश आम्दानी स्थानीय कमला  प्राथमिक विद्यालयलाई उच्च माविसम्म स्तरोन्नतीका लागि शिक्षक तलव तथा भवन निर्माणमा ठूलो सहयोग गरिएको छ । महिलाहरुको स्तरोन्नतीका लागि सामुदायिक वनको ६० हजार लगानीमाा प्रति समूह २५ जना सदस्य रहने गरी २ वटा महिला आयआर्जन समूह गठन गरी समुदायीक वनका खाली जमिनहरुमा अम्रीसो, बाँस, किम्बु, खयर आदि विरुहरु लगाइएको छ । जसमध्ये अमृसोबाट महिला हरुले आय आर्जन समेत गर्न थालिसकेका छन् ।
सामुदायिक वनकै आम्दानीबाट सामुदायिक वन तथा गाउँ संरक्षणका लागि १ लाख रुपैयाँ लगानीमा तट्वनध गरिएको छ । त्यस्तै १ लाख ५० हजार लागतमा समुदायीक वनको भवन निर्माण, ८० हजार रुपैयाँ लागतमा वरपिपल चौतारो निर्माण, ८२ हजार रुपैयाँ लागतमा भलिवल फिल्ड निर्माण, १ लाख ५ हजा रुपैयाँ लागतमा विभिन्न साँस्कृतिक पर्वहरुका लागि सय थान कुर्सि र एक सेट भाँडाहरु खरिद गरिएको छ । त्यस्तै कृषि क्षेत्रमा विषादी छिट्नका लागि स्प्रे ट्यांकी पनि खरिद गरिएको छ । ६ मिटर चौडा र ४ किलोमिटर लम्बाइको करकरे रिङरोड निर्माणर्थ ५२ हजार सहयोग गरिएको छ । त्यस्तै सिन्धुली बहुमुखि क्याम्पस, कमला साइन्स क्याम्पस सिन्धुली, जनजाग्रीती क्याम्पस भीमान लाइ पनि आर्थीक सहयोग गरेको छ समुदायीक वनले ।
यत्ति छोटो  अवधिमै सामुदायिक वनको आम्दानीबाट सामुदायिक विकासका लागि यति धेरै कामहरु गर्नु रक्तदेवी  सामुदायिक वनको सराहनीय पक्ष हो ।
३५ प्रतिषत गरिवि न्युनिकरणका लागि छुट्याइने रकमबाट दलित, जनजाती, आदिवासी, एकल महिला, गरिव तथा विपन्नहरुको आय आर्जनका लागि न्युन व्याजमा ऋण लगानी गनुका साथै उनिहरुको स्तरोन्नतीका लागि  शिप विकास तालिम, गोष्टी, प्रशिक्षण तथा चेतनामुलक कार्यक्रमहरुका लागि बजटेट छुट्याइएको छ ।
त्यस्तै २५ प्रतिषत वन विकास र व्यवस्थापनका लागि छुट्याइने रकम झ्याडी सुधार, गोडमेल, गस्ति, अग्नी रेखा निर्माणलगाएतका कार्यहरुमा खर्च गर्ने गरिएको छ ।
यसरी सामुदायिक वनबाट दोहोरो फाइदा लिइरहेका कमलामाई १० करकरेका स्थानीयवासीहरु एकजुट भइ लागी परेर मासिँदै गएको वनलाई हराभरा र सामुदायिक विकासको राम्रो श्रोत वनाइरहेका छन् । सामुदायिक वनको संरक्षण र प्रयोगाबाट स्थानीयहरुले दैनीक जिवनमा आईपर्ने धेरै कुराहरुको सहजै उपयोग गरिरहेका छन् ।
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*