यस वर्षको वातावरणमैत्री चित्रकला प्रतियोगिताको अवार्ड सन्तानेश्वर विद्या मन्दिर गोदावरीकी छात्रा सदीक्षा तिमल्सिनाले हात पारेकी छन् । वातावरण विनासका कारण अन्तर्राष्ट्रिय समुदायमा चासो र चिन्ता बढिरहँदा यस वर्षको विश्व वातावरण दिवस निकै अर्थपू
र्ण बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि तेस्रो विश्वका सर्बसाधारणसम्ममा प्रभाव पारेको विश्व वातावपरण दिवसमा ललितपुरका विद्यार्थीहरुले चित्रकलाको माध्यमबाट वातावरण संरक्षणमा चिन्ता जाहेर गरेका छन् ।
विश्व वातावरण दिवस २०१७ को उपलक्ष्यमा वातावरणमैत्री चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ । हरित विद्यालयको रुपमा स्थापित बज्र एकेडेमीले जेठ २२ गते (जुन ५ तारिक) मा उक्त चित्रक
ला प्रतियोगिता सम्पन्न भएकाे हाे । “Connect with Nature” भन्ने अन्तराष्ट्रिय नाराकै विषयमा चित्रकला प्रतियोगिता आयोजना गरेकाे हाे ।
वातावरण सम्बन्धी विभिन्न जनचेतानामूलक कार्यक्रम आयोजना साथै सामाजिक अभियान चलाउँदै आएको विद्यालयले गत अगष्ट महिनामा अशोका फाउण्डेशनद्वारा चेन्जमेकर विद्यालय पुरस्कार प्राप्त गर्न सफल भएको थियो । विश्वमा २६० वटा विद्यालयहरुलाई चेन्जमेकर विद्यालयका रुपमा अशोका फाउण्डेशनले पुरस्कार प्रदान गरेकाे छ। बज्र एकेडेमी नेपालको पहिलो चेन्जमेकर विद्यालय हो ।
जि.शि.का. ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले विद्यालयहरु आपसमा एकताबद्ध भई यसरी सहकार्य गरि वातावरण जस्तो विषयमा संयुक्त कार्यक्रम गरेको देख्दा अत्यन्तै खुसी लागेको वताए । यसै गरी सो प्रतियोगितामा सन्तानेश्वर विद्या मन्दिरकी सदिक्षा तिमल्सिना प्रथम हुन सफल भइन् भने एमराल्ड एकडेमीका रजत वि.क. द्घितीय र किटिनी उ.मा.वि.का क्षितिज खड्का तृतीय भए । जेम्स विद्यालयका आदर्श श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरे । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागका प्रमुख सुष्मा राजभण्डारीबाट पुरस्कार वितरण भएको थियो ।
कार्यक्रममा सहभागी विद्यालयहरुका प्रधानाध्यापक तथा शिक्षकहरुलगायत विभिन्न व्यक्तत्वहरूकाे उपस्थिति रहेकाे थियाे । विद्यालयका प्रधानाध्यापक टिकाध्वज भण्डारी र संयोजक भुपेन्द्रविक्रम थापाले कार्यक्रमको बारेमा जानकारी गराएका थिए । विद्यालयको आर्ट शिक्षक सुरेम देसारको सक्रियतामा उक्त चित्रकला कार्यक्रम सम्पन्न भएको हाे ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*