झापामा वार्षिक पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि करिब दुई लाखदेखि रतीन लाखसम्मको कारोबार गर्ने गरेको बताइएको छ । च्याउखेतीका लागि गाउँघरमै बीउ पाउन थालेपछि च्याउ उद्यमीको सङ्ख्या बढ्दै गएको वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगी बताउछन्।

गर्मी समयमा २२ दिनामा तथा जाडोको समयमा करिब ३० दिनमा तयार हुने च्याउ बजारमा प्रतिकिलो १०० मा बिक्री हुने गरेको छ । उपभोक्ताले डल्लोखालको च्याउ बढी मन पराउने गरेका छन् । एक प्याकेट च्याउको बीउको मूल्य ३० पर्छ भने यसबाट लगभग तीन किलो च्याउ उत्पादन गर्न सकिन्छ ।

बिर्तामोडको पाथीभरा च्याउ उद्योग र चन्द्रगढीको विज्ञान च्याउ उद्योगले च्याउको बीउ उत्पादन गर्छन् । पाथीभरा च्याउ उद्योगका सञ्चालक रमेश खत्री विगत पाँच वर्षदेखि बीउ उत्पादन गर्दैआएको बताउछन्। वार्षिक करिब ४० लाखको बीउ बिक्री गर्ने गरेको उनको भनाइ छ । च्याउको बीउ उत्पादन गर्न सरकारले ९० प्रतिशत अनुदानमा करिब रु सात लाख मूल्य पर्ने दुई थान शीतभण्डार गर्ने मेसिन उपलब्ध गराएको छ । रासस

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*