oli-comradeजनताबीचको एमाले लोकप्रियताबाट अत्तालिएका माओवादी र काँग्रेस निर्वाचनबाट भागेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ । नेकपा एमाले ७ नं प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बर्तमान सरकारले लम्पसारवाद केहो ? भनेर सर्बसाधारणसतहसम्मै प्रष्ट्याउने काम गरेको बताउनुभयो । आफूले गमलामा रहेको विरुवामा पानी हाल्दै कार्यक्रम उद्घाटन गरेको सन्दर्भमा जोडेर अध्यक्ष ओलीले भन्नुभयो एमाले फेदमा मल हालेर हलक्क हुर्केको पाटी होइन । यो भीरपाखामा हुर्के उम्रेबढेको बलियो पार्टी हो । कसैले हल्लाएर नहल्लिने र आफ्नो अडानमा प्रष्ट रहने पनि बताउनुभयो ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*