raghu-pantaनेकपा एमालेका पोलिटव्युरो सदस्य रघुजी पन्तले समयको आवाज सुनेर व्यापारमार्फत आफूलाई स्थापित नगराए कसैको पनि अस्तित्व नरहने बताउनुभएको छ । आज राष्ट्रिय वाणिज्य संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पन्तले व्यापारमा आफूलाई स्थापित गनै सकेका कारण आज संसारले चीनसंग प्रतिष्पर्धा गर्न नसक्ने अवस्था आएको स्मरण गर्दै टेक्निकले आफूलाई स्थापित गराउन सबैमा आग्रह गर्नुभयो ।
एमालेले व्यापारमार्फत समृद्धिको बाटोमा जान युवा तथा साना उद्यमी तथा व्यापारीहरुलाई प्रोत्साहन गर्ने गरी आफूहरुको पार्टी सरकारमा रहेका बेलामा थुप्रै राम्रा काम गरेको पनि स्मरण गर्नुभयो । नेता पन्तले विश्व बजारमा विक्ने खालको नेपाली श्रम उत्पादन हुनुपर्नेमा पनि जोड दिनुभयो ।
संघका अध्यक्ष विष्णु हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य सुशिला नेपाल, जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकार लगायतका नेताहरुले जिल्लाभित्र व्यापारीहरुले स्तरीय सेवा दिएर नागरिकहरुमाझ एमालेको स्कूलिंग पाएका व्यापारीहरुलाई अरुभन्दा राम्रो मान्ने बन्न शुभकामना दिनुभयो ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*