रामपुर नगरपालिकाका सूर्यप्रसाद रेग्मी शिक्षण पेसालाई छाडेर व्यावसायिक बाख्रापालन व्यवसायमा लागेका छन।
शिक्षण पेसाले परिवारको गुजारा चलाउन धौधौ भएपछि उनले पेसा नै छाडेर बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो।
चार लाखको लगानीमा खोर निर्माण र ४० वटा माउ बाख्रा खरिद गरेर व्यवसाय चलाउनुभएका रेग्मीले अहिले मनग्य आम्दानी गर्न सफल भएका हुन।
उनको फार्ममा अहिले ४५ वटा माउ बाख्रा, ११ वटा पाठा, सात वटा खसी, १० वटा साना पाठी, एक वटा ब्याडे बोका गरी जम्मा ७३ वटा बाख्रा रहेका छन।
उनले फार्ममा करिब १० लाखको लगानी गरेका छन। चार वर्षसम्म शिक्षण पेसामा आबद्ध रहेका रेग्मीले बाख्रापालन व्यवसाय सुरु गरेपछि जिविकोपार्जन सहज बनेको छ।
“शिक्षकको जागिरले खान लाउन मुस्किल प¥यो, समय बिताउने माध्यम मात्र बन्यो,” उनले भने– “बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी भएको छ।”
व्यवसायबाट वार्षिक रुपमा खर्च कटाएर तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरेको छ। उनले स्थानीय क्रस, जमुनापारि क्रस र बोयर क्रस जातका बाख्रा पालेका छन। उनले एक सय बाख्रा पाल्ने योजना बनाएका छन।
व्यवसायका लागि जिल्ला पशुसेवा कार्यालयले युवालक्षित कार्यक्रमअन्तर्गत केन्द्रीय भेडा बाख्रा प्रवद्र्धनमार्फत ५० हजार अनुदान उपलब्ध गराएको छ।
उनले रामपुरको पहाडी भेगमा खेर गएको खाली जमिनको सदुपयोग गर्दै व्यवसाय गर्दैआएका छन। उनी अहिले गाउँमा सफल व्यवसायी भनेर चिनिएका छन। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*