sarasotiपोखरा न्यूरोडकी सरस्वती उपाध्यायलाई अर्को अन्तर्राष्ट्रिय अर्वाड प्राप्त भएको छ । उपाध्यायले एसियन डेभलपमेन्ट बैंकले आयोजना गरेको १८ वर्षदेखि ३० वर्ष उमेर समूहका युवाहरूलाई लक्षित युथ भिडियो प्रतिष्पर्धामा भाग लिएर उत्कृष्ट भई उक्त अवार्ड प्राप्त गर्नु भएको हो ।

जलवायु परिवर्तन सम्बन्धि युथ भिडियो प्रतिष्पर्धाका लागि इन्टरनेटबाट प्राप्त सूचनामा आव्हान गरिएको भोलिको लागि उब्जनी कसले गर्छ भन्ने विषयमा उपाध्यायले तयार गरेको छोटो चलचित्रले उक्त अवार्ड पाउन सफल भएको हो ।

उपाध्यायले तयार गरेको भिडियोमा जलवायु परिवर्तनका कारण भइरहेको अनियमित वर्षाले कृषि क्षेत्रमा पारेको असर र आधुनिक कृषि प्रविधिको उपयोगबाट कसरी उब्जनी बढाउन सकिन्छ भन्ने व्यवहारिक दृश्यहरूलाई समाबेस गरिएको छ ।

भिडियो उत्कृष्ट भएपछि जनवरी २०१६ मा फिलिपिन्सको मनिलामा हुने एसिएन इरिगेशन फोरममा नेपालको तर्फबाट उपाध्यायले सहभागिता जनाउँदै हुनुहुन्छ । उहाँले उक्त सम्मेलनमा नेपालमा जलवायु परिवर्तनको प्रभाव र कृषि प्रणालीमा पारेको प्रभावका बारेमा १५ मिनेटको प्रस्तुति समेत दिनुहुने छ ।

उपाध्याय यसअघि युनएफसिसिसिको ‘यूनाइटेड नेशन्स् फ्रेमवर्क कन्भेन्सन अन क्याइमेट चेन्ज’ युथ भिडियो प्रतियोगितामा ६६ देशका १३३ प्रतिस्पर्धीलाई पछि पार्दै सर्वोत्कृष्ट हुनुभएको थियो ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*