timthumb.phpविराटनगर नाकाबाट चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४५ करोड ४२ लाख ६१ हजार मूल्य बराबरका विभिन्न प्रकारका खाद्यलगायतका वस्तु भारततर्फ निर्यात भएका छन् ।
सबैभन्दा बढी एक अर्ब १२ करोड ८८ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरका एक हजार ७७५ मेट्रिक टन अलैँची निर्यात भएको प्लान्ट क्वारेन्टाइन विराटनगरले जनाएको छ । १३ करोड ६१ लाख ९३ हजार रुपैयाँको ६ हजार ९७७ मेट्रिक टन पिना, एक करोड ५१ लाख ३२ हजार रुपैयाँको १४ मेट्रिक टन तेजपात र ११ करोड पाँच लाख ४७ हजार रुपैयाँको १०१ मेट्रिक टन सुपारी निर्यात भएका छन् ।
यस्तै उक्त नाका भएर पाँच करोड ६३ लाख ५१ हजार रुपैयाँको ६३० मेट्रिक टन अदुवा, १२ लाख १४ हजार रुपैयाँको १२१ मेट्रिक टन कूचो, १२ लाख रुपैयाँको १२ मेट्रिक टन गहुँचोकर, तेह्रलाख ३२ हजार रुपैयाँ १११ मेट्रिक टन लिनसिड र दुई लाख ५५ हजार रुपैयाँ मूल्य बराबरको पाँच मेट्रिक टन मजिठो निर्यात भएको कार्यालयका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिए ।
यस्तै १८ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको ६१ मेट्रिक टन चिया, १६ लाख ८० हजार रुपैयाँको ४० मेट्रिक टन रुद्राक्ष र  सात लाख २० हजार रुपैयाँको १६ मेट्रिक टन चिराइतो भारत निर्यात भएको छ । रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*