खोटाङ – खोटाङमा पहिलोपल्ट जडीबुटीजन्य वनस्पति मछिनोको तेल प्रशोधन उद्योग स्थापना गरिएको छ। जिल्लाको दक्षिणी गाविस छितापोखरी–८ र ९ मा पर्ने राईभिर कागथला सामुदायिक वन उपभोक्ता समूहको पहलमा छितापोखरी–९ बासथलामा सेल्मे मछिनो तेल प्रशोधन उद्योग स्थापना भएको हो। नागरिकमा खरब छ ।

प्रशस्त मात्रामा पाइने मछिनो सदुपयोग गरी गाउँमै रोजगारीको अवसर सिर्जना गर्न उद्योग खोलेको सञ्चालक युवराज तामाङले बताए।

tel

गत कात्तिकमा दर्ता गरेर करिब १० लाखको लागतमा सञ्चालनमा ल्याइएको उद्योगबाट हालसम्म दुई सय ५० केजीभन्दा धेरै तेल उत्पादन गरिसकिएको छ। समुद्री सतहबाट झन्डै २२ सयदेखि २४ मिटर उचाइको छितापोखरीको सामुदायिक वनमा खेर गइरहेका मछिनोलाई आम्दानीको स्रोत बनाउन तेल प्रशोधन केन्द्र स्थापना गरिएको सञ्चालक तामाङले बताए। ‘तेल प्रशोधन उद्योगले मछिनोको सदुपयोग हुनुका साथै स्थानीयको आयआर्जनमा सहयोग पुर्याइरहेको छ,’ सञ्चालक तामाङले भने, ‘स्थानीय स्तरको स्रोत, साधन सदुपयोग गर्न सके रोजगारीका लागि विदेश जान पर्दैन भन्ने उदाहरण पनि हो यो।’
उद्योगमा डिस्टिलेसन (वास्पीकरण) विधिबाट दैनिक ६ देखि ८ सय केजी मछिनोको स्याउलाबाट चार केजीसम्म तेल उत्पादन हुन्छ।
छितापोखरीको अधिकांश क्षेत्रमा प्रशस्त मात्रामा मछिनो पाइने भएकाले उद्योगका लागि बार्हैयमास कच्चा पदार्थ अभाव नहुने उनले बताए। राईभिर कागथला सामुदायिक वनमा मछिनोबाहेक अर्गेली, सतुवा, चिराइतो जस्ता जडीबुटीसमेत प्रशस्त मात्रामा पाइन्छ। यसबाहेक छितापोखरी–६ र ७ स्थित ढिकुरे आर्फु सामुदायिक वनमा पनि प्रशस्त मात्रामा मछिनो उत्पादन हुने गरेको छ।
उद्योगमा एकजना मुख्य अपरेटर, एकजना सहायक अपरेटर, दुईजना दाउरा काट्ने र दुईजना मछिनो काट्ने गरी ६ जनाले मासिक तलबमा काम गरिरहेका छन्। गाउँमै उद्योग सञ्चालनमा आएपछि छितापोखरी–६, ७, ८ र ९ का स्थानीयले स्याउला बेचेर आम्दानी लिने अवसर पाएका छन्। गाउँमा स्याउला र सोत्तरको रुपमा प्रयोग हुँदै आएको मछिनोले हाल प्रतिकेजी तीनदेखि ३ रुपैयाँ ५० पैसासम्म पाइरहेको छ।

उद्योगले दैनिक हजार केजी स्याउला किनिरहेको छ। निजी जग्गाको मछिनो प्रतिकेजी ३ रुपैयाँ ५० पैसा र सामुदायिक वनको रोयल्टी बुझाएर प्रतिकेजी ३ रुपैयाँमा किन्ने गरेको उद्योगले जनाएको छ। तेल निकालेपछि मिल्काइने स्याउला र पात स्थानीयले मल बनाउन घरै लैजाने गरेका छन्। बहुसरोकारवाला वन कार्यक्रम कार्यान्वयन कार्यालय खोटाङको एक लाख २१ हजार आर्थिक सहयोग तथा नवयुवा फूलपाती सेवा समाज पाथेकाका कार्यक्रम संयोजक पेम्बा तामाङको प्राविधिक सहयोगमा तेल उद्योग स्थापना गरिएको हो।

हजार लिटर क्षमताको डिस्टिलेसन ट्यांकीमा मछिनोको पात हालेर तलबाट आगो लगाइन्छ। सो डिस्टिलेसन ट्यांकीबाट निस्किएको बाफलाई पाइपमार्फत कन्डनसेसन च्याम्बर (बाफलाई चिस्याएर पानी बनाउने यन्त्र)मा पठाइन्छ। कन्डनसेसन च्याम्बरबाट तेल र पानी मिश्रित तरल पदार्थ कलेक्सन ट्यांकमा पुग्छ। कम घनत्व भएका कारण पानी कलेक्सन ट्यांकको माथि तैरिन्छ र माथिल्लो पाइपबाट निकास हुन्छ, तेल गर्हौंर हुने भएकाले तल्लो धाराबाट निस्किन्छ। बार्हैछ महिना पाइने मछिनोबाट बर्खा र शीत पर्ने मौसमबाहेक अरुबेला तेल उत्पादन गर्न सकिने प्राविधिक तामाङले बताए।

मछिनोको तेल हाडजोर्नीसम्बन्धी समस्या भएकाको उपचार गर्ने एस्पिरिन, आयोडेस्क, मुभ तथा परफ्युम, बडी स्प्रे लगायतका बास्नादार कस्मेटिक बनाउन प्रयोग हुने बताइन्छ।

उद्योगको स्टोरमा थन्किएका तेल भने बिक्री हुन सकेको छैन। बजार अभावमा तेल बिक्री नभएको उद्योगले जनाएको छ। छितापोखरीमा मछिनोको अन्य तेल प्रशोधन उद्योग सञ्चालन गर्ने सम्भावना भए पनि बजारको व्यवस्था नभएका कारण खुम्चिनु परेको तामाङले बताए।

‘जंगलमा पुग्दो मात्रामा मछिनो छ, अरु उद्योग चलाउन सकिने सम्भावना पनि छ,’ तामाङले भने, ‘तर बजार नभएका कारण लगानी गरिहाल्ने आँट गर्न सकिएको छैन।’

मछिनोको तेल नेपालमा उत्पादन र संकलनमात्र गर्दै भारत निकासी गर्नुपर्ने बाध्यता छ। प्रतिकेजी तीन हजारसम्ममा बिक्री हुने तेलको बजार खोज्ने काम भइरहेको उनले जनाए।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*