चीना थापा, सिन्धुली  कात्तिक १९ 
नेपाललाई अन्तराष्ट्रिय जगतमा छुटै पहिचान वनाउनको लागी महत्वपुर्ण भुमीका खेलेको छ सामुदायिक वनले । कुनै ठाउमा सामुदायिकवनको स्थिलाई हेर्ने हो भने मरुभुमीमा परिणणत हुने अवस्था छर्लङंगै देख्न सकिन्छ । तर सिन्धुली जिल्लाको सामुदायिक वनका उपभोक्ताहरु भने वनको पहिचान जोगाउनको लागि संषर्घ गर्न थालेका छन् ।ban 2
हरीयो वन नेपालको धन भन्ने उखान नसुन्ने मान्छे कमै होलान् । तर सामुदायिक वनहरुको अवस्था हेर्ने हो भने उस्तै छैन । केहि फस्टाउदो अवस्थामा  छन् भने केहि नविकरण गर्नसक्ने अवस्थामा पनि छैनन् । सामुदायिक वन महासंघ सिन्धुलीको तंथ्याङक अनुसार सिन्धुली जिल्लामा रहेका ४ सय २० ओटा वनहरु  समुदायमा हस्तान्तरण भएका छन् । त्यस्तै २२ वटा प्रस्तावित रहेका छन् । कुनै सामुदायिक वनको वार्षिक आम्दानि राम्रो छ भने कुनै धरासायि अवस्थामा छन् ।
सिन्धुलीमाढीको काखमा रहेको कमला सामुदायिक वनले वार्षिक १३ लाखको हाराहारीमा आम्दानी गर्दै आईरहेको छ । सामुदायिक वनलाई पर्यटकीय स्थल वनाउने प्रयासमा लागिपरेको कमला सामुदायिक वनका अध्यक्ष गणेश वहादुर श्रेष्ठले बताए । अबको केही बर्षमा वनलाई पर्यटकीय स्थल बनाउने उनको भनाई छ ।
कसैले वनको माध्यमवाट करोडौँ अकुत सम्पत्ति कमाइरहेका छन् भने कोहि भने संरक्षणमा लागिपरेका छन् । पछिल्लो समयमा जथाभावी सामुदायिक वनहरु फडानी भैरहेको अवस्थामा सिन्धुली जिल्लाका सामुदायिक वनका उपभोक्ताहरु भने वनसंरक्षणमा खुलेर लाग्न थालेका छन्  । धेरै सामुदायिक वनका महिलाहरु आयमुलक पनि हुन थालेका छन् । महिलाहरुको सक्रियतामा सामुदायिक वनहरुमा अम्रीसो, वाँस, भुइकटहर, लगाएतवाट वर्षमा १० हजार वरावरको आर्थीक संकलन गर्ने गरेको र त्यो पैशा गरीवहरुका लागी वितरण गदै आईरहेको कुमारी गौरी श्रेष्ठको भनाइ छ ।
हस्तान्तरण गरको  ४ सय २० ओटा सामुदायिकवन मध्ये २ सय भन्दा वढि सामुदायिवनहरुले राम्रो काम गदै आएको र केही सामुदायिक वनहरु नविकरण गर्न नसक्ने अवस्थामा रहेको सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले बताए ।
यसरी नै सवै सामुदायिक वनहरुलाई संरक्षण गर्ने हो भने विभिन्न सहर, गाँउमा भएको खानेपानीको समस्यालई सहजै रुपमा पुर्ति गर्न सकिने श्रेष्ठले बताए । मेहनत गरे संम्भव नहुने कुरा सायदै छैन होला । वनलाई कमाइ खाने भाँडो भन्दा पनि प्राण वचाउने माध्यमका रुपमा लिन सके वन संरक्षणका लागी नयाँ कार्य हुने उनको भनाई छ ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*