राजु  शिवा

इलाम,  ।  अंशमा पाएको पुख्र्यौली बारीमा मात्रै परम्परागत खेती गर्ने इलामका किसान अहिले सामूहिक रूपमा ठूलो क्षेत्रमा खेती गर्न थालेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेतीका लागि पकेट र ब्लक कार्यक्रम सुरु गरेपछि किसान सामूहिक खेतीमा लागेका हुन् ।  सामूहिक खेतीले जग्गाको खण्डीकरणसँगै कृषिमा देखिएका धेरै समस्यामा समाधानमा सहयोग हुन थालेको छ ।  कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट कार्यक्रम सञ्चालन गरिएको गोदकमा सहकारीमा आबद्ध किसानले दुई सय रोपनीमा तरकारी खेती गरिरहेका छन् ।  कार्यक्रम अन्तर्गत २६ किसान सामूहिक खेतीमा लागेका छन् ।
इलाम नगरपालिका–१०, गोदकका अशोक भट्टराईसहित रमेश ढकाल, मदन ढकाल र सुजन गौतमले सामूहिक रूपमा गोलभेँडा खेती लगाउनुभएको छ ।  यसअघि आफ्नै बारीमा मात्रै सिमित हुने उहाँहरू जग्गा भाडामा लिएर गोलभेँडा खेतीमा लाग्नुभएको छ ।  चारजना युवाले  ३० रोपनी जग्गामा ३० हजार गोलभेँडाका बिरुवा  रोप्नुभएको छ ।  एक्लाएक्लैभन्दा समूहमा गरिएको खेती राम्रो भएपछि उहाँहरूमा हौसला थपिएको छ ।  सामूहिक रूपमा खेती लगाउँदा सबैलाई आफ्नै जस्तो लाग्छ, खेतीको स्याहारसुसार पनि राम्रो हुँदोरहेछ, रोग कीराको उपचार गर्न पनि आइडिया सेयरिङ हुन्छ, पहिलाभन्दा खेती गर्न सजिलो भएको छ, सामूहिक खेती गरिरहनु भएकामध्येका एक अशोक भट्टराईले भन्नुभयो ।
उहाँहरू जस्तै उदय न्यौपाने र यदु अधिकारीले समेत सामूहिक रूपमा गोलेभँेडा खेती गरिरहनुभएको छ ।  उहाँहरू दुईजना मिलेर २० रोपनीमा गोलभेँडा लगाउनुभएको छ ।
फ्रेन्डसीप कृषि सहकारीमा आबद्ध भएका किसान सामूहिक रूपमा खेती गर्दैछन् ।  कतिले घरैमा गड्यौले मल बनाउने पिट बनाएका छन् ।  गड्यौले मलले मल किन्नुपर्ने बाध्यता हटेको छ ।  कृषि उत्पादनसमेत अर्गानिक बनाउन सहयोग गर्दैछ । यहाँका किसानलाई पकेट कार्यक्रम गर्न जिल्ला कृषि विकास कार्यालयले दुई लाख ६२ हजार रुपियाँ बराबरको विभिन्न किसिमको सहयोग गरेको छ ।  खेतीमा सहयोग पाएपछि किसानलाई अझ हौसला थपेको छ ।  group farming
तरकारी खेतीका लागि ब्लक कार्यक्रम सञ्चालन गरिएको सूर्योदय नगरपालिका–१२, आठघरेका किसान पनि सामूहिक खेतीमा अग्रसर छन् ।  आठघरेमा अहिले तरकारीको नर्सरी राख्न घरैपिच्छे टनेल निर्माण भइरहेका छन् ।  आउँदो सिजनमा लगाउने तरकारीको नर्सरी राख्न उनीहरूले टनेल बनाउँदैछन् भने बारीमा काँक्रा, बन्दा र अकबरे  फलिसकेको छ ।
गाउँका सबैजसो व्यावसायिक तरकारी खेतीमा लागेपछि दैनिक पाँच÷सात गाडी तरकारी झापाको बजारमा पु¥याइने लगनशील कृषि सहकारीका व्यवस्थापक पंकज ढकालले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, अहिले भर्खरभर्खर मात्रै तरकारी निस्किन थालेको हो, अहिले दिनमा तीन÷चार गाडी जान्छ ।  सिजनमा तरकारी उत्पादन निकै बढ्छ ।  आठघरेलाई तरकारीको नमूना क्षेत्र बनाउन लागेका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ८६ लाख ५४ हजार ६४७ रुपियाँ लगानी गरिएको छ ।  त्यसमध्ये २६ लाख २० हजार १४७ रुपियाँ किसानले व्यहोर्ने छन् भने बाँकी ६० लाख ३४ हजार पाँच सय रुपियाँ परियोजनामार्फत जिल्ला कृषि विकास कार्यालयले लगानी गर्छ ।
कार्यक्रममार्फत किसानको सीप विकासदेखि बाली लगाउन चाहिने उपकरण, उत्पादन भएको तरकारी सङ्कलन र बजार पु¥याउँदासम्म चाहिने आवश्यक सामग्री व्यवस्थापन गरिँदैछ  ।  बारी जोत्ने मिनी ट्रिलर, बिरुवा रोप्ने मेशिन, स्प्रेयर सामान बजार पु¥याउन पिकअप गाडी खरिदलगायतका काम क्रमशः भइरहेका छन् ।
त्यस्तै, सेड हाउस, ग्रीन हाउस, प्लास्टिक टनेलसहित सिँचाइको समेत व्यवस्थापन गरिने जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत रविकिरण अधिकारीले बताउनुभयो ।  कार्यक्रम अन्तर्गत तालिम केन्द्रसमेत स्थापना हुन्छ, उहाँले भन्नुभयो, कृषिलाई आधुनिकीकरण गर्न कार्यक्रमले ठूलो सहयोग हुन्छ ।
जिल्लामा तरकारी र अलैँचीको गरेर दुईवटा पकेट कार्यक्रम सञ्चालन गरिएको छ ।  त्यस्तै २५ वटा पकेट कार्यक्रम चालू छन् ।  नौ तरकारी, नौ अलैँची, सुपारीमा पकेट कार्यक्रम सञ्चालित छन् ।  पकेट र ब्लक कार्यक्रमका लागि चालू आर्थिक वर्षमा दुई करोड ७२ लाख रुपियाँ विनियोजन भएको वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ साहले जानकारी दिनुभयो ।  परियोजनाको जिल्ला कृषि विकास समितिका पदाधिकारीले अनुगमन गरेका छन् भने क्षेत्रीय कृषि निर्देशनालयबाट समेत समय–समयमा अनुुगमन भइरहेको छ ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*