download7यदि तपाई मधुमेह पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलको पातलाई प्रयोग गर्न सक्नु हुनेछ ।

यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलको पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ ।

त्यसपछि ३ या ४ कालो मरिचको दालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाइ त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस् । यसप्रकारले बेलको पात पिसेर पिनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुनु सक्नु हुनेछ ।

त्यसैगरी बेलको पत्रलाई अन्य तरिकाले प्रयोग गरे पनि यस रोगका लागि प्रयोग गर्न सकिन्छ । तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरेर मजाले पिँधेर एक गिलास पानीसँग युक्र मिश्रण सेवन गर्नुहोस ।

हरेक दिन यसप्रकारको घोल पिउनाले तपाई छिट्टै मधुमेह रोगबाट मुक्त हुन सक्नु हुनेछ ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*