ललितपुर । स्थानीlatterय निकाय पुनसंरचना आयोगको प्राविधिक समिति ललितपुरले गरेको सिफारिसमा नेकपा एमाले ललितपुरले असहमति जनाएको छ । जिल्ला कमिटि ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले विज्ञप्ती प्रकाशन गरी प्राविधिक समितिले जिल्लास्थित राजनीतिक दलको सहमतिलानई वाइपास गरेर सिफारिस गरेको विषय बाहिर आएको भन्दै दलहरुलाई बाइपास गरेर गरिएको सिफारिस आफूहरुलाई अमान्य भएको बताउनुभएको छ ।
लोकतन्त्रको स्थापित विधि र मान्यताअनुरुप राजनीतिक दलहरुबीचमा भएको सहमतिको भावनालाई लत्याएर प्राविधिक समितिका संयोजकले गरेको तजविजी सिफारिसलाई अविलम्ब जिल्लामा नै फिर्ता गराएर सहमतिमार्फत भएको सिफारिसलाई मात्रै कार्यान्वयनमा लगिदिन पुनसंरचना आयोगको समेत ध्यानाकर्षण गराइएको छ ।

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*