timthumb.phpविश्वविद्यालयका प्रमाणपत्र बोकेर जागिरका लागि युवायुवती धाउने प्रशस्त छन्। कुनै सरकारी तथा निजी संस्थामा जागिरका लागि सूचना गरेको थाहा पाउनेबित्तिकै फारम भर्नेको भीड हुन्छ।
समाजमा थोरै मात्रै यस्ता युवा छन्, जसले जागिरका लागि धाउने हैन, आफै गर्ने हो भनेर कम्मर कसेर लागेका छन्। यस्ता युवाको पङ्तिमा पर्दछन् विराटनगर १८, जतुवाका सिकेन्द्रसिंह यादव।
कुनैबेला जागिर दिनुस् नै हजुर भन्दै विभिन्न सरकारी, गैरसरकारी कार्यालयमा प्रमाणपत्र लिंदै हिँड्ने उनलाई अहिले आफ्नै व्यवसायमा लागेपछि भ्याइनभ्याइ भएको छ।
एसएलसी उत्तीर्ण गरेपछि सरकारी जागिरका लागि धाउन थाल्नुभएका उनले धेरैपटक लोकसेवाको परीक्षा दिए। तर, सफलता प्राप्त गर्न सकेनन्।
सरकारी जागिर हात नलागे पनि वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले आफैँले केही गर्ने  योजना बनाए।
यादव परिवारले पहिल्यैँदेखि गाईपालन गर्दै आएका थिए । परम्परागत गाईपालन व्यवसायले भने सोचे जस्तो प्रतिफल दिनसकेको थिएन । घरको सामान्य गर्जो मात्रै टार्ने गरेको थियो । यही व्यवसायलाई अघि बढाउने गरी उनले योजना बनाए। तर पैसा नहुँदा कसरी लगानी गर्ने भन्ने चिन्ताले सताउँदा युवा स्वरोजगारसम्बन्धी कार्यक्रम उनले थाहा पाए।
बेरोजगार युवालाई सरकारले पैसा दिने बुझेपछि सम्पूर्ण प्रक्रिया पूरा गरे र उनको आवेदन स्वीकृत भई दुई लाख पाए । बचत र युवा स्वरोजगार कोषको अनुदानबाट अहिले उनको गोठमा तीनवटा उन्नत जातको जर्सी गाई, दुईवटा भैँंसी, चारवटा बाच्छी छन्।
दैनिक २५÷३० लिटर दूध बिक्री गर्ने गर्छन् उनी। गाईभैंसी पालनमा व्यस्त भएपछि उनको दैनिकी पनि फेरिएको छ।
बजारसम्म दूध लैजानका लागि उनलाई बुबा शिवराम, आमा उर्मीला, दाजु धर्मेन्द्र भाई पप्पु र विदुरले सहयोग गर्दैआउनु भएको छ।
बिहान ५ बजेदेखि राति ८ बजेसम्म उनी गाईभैँंसीकै स्याहारमै रहन्छन्। कुनैबेला व्यावसायिक गाईपालनको विरोध गर्ने उनका बुबा सिकेन्द्रको मेहनतबाट खुसी छन्।
दुई वर्षभित्रमा १० वटा उन्नत् जातका गाईको दूध बजारसम्म पु¥याउने उनको लक्ष्य छ । यसका लागि उनले बचत गर्न दैनिक दुई लिटर दूधको पैसा सहकारीमा जम्मा गरेका छन्।
व्यावसायिक गाईपालनमा लाग्ने उनको दृढ अटोटपछि गाउँमै पशु बीमासमेत भित्रिए। यसका लागि बीमाको अभिकर्ताको काम पनि उनले गर्दै आएका छन्। जतुवा र भाथिगछ गाविसमा उनले १ सय वटा पशुको बीमा गराइसकेका छन्।
गाई भैंसीपालन व्यवसाय सफल हुँदै गएपछि बेरोजगार र विदेशिन जाने युवालाई यस व्यवसायतर्फ लाग्न सुझाव पनि दिने गरेका छन्।
उनको मेहनत र सफलताको गाउँमा निकै प्रशंसा हुने गरेको छ। विराटनगरमा दूधको बजारको कुनै पनि समस्या नरहेको उनको भनाई छ।
उनी भन्छन् ‘आफूले राम्रो उत्पादन गरेपछि जहाँ पनि बिक्री हुन्छ ।’ मासिक एक लाख आम्दानी गर्ने उहाँले योजना रहेको छ । रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*