timthumb.phpजिल्लाका किसानले हरियो चियापत्ती टिप्न सुरु गरेका छन्।
हरियो चियापत्ती टिप्न थालेसँगै जिल्लाका अधिकांश ठूला र साना कारखानाले प्रशोधन थालेका छन् । उत्पादनको पहिलो मौसमको चिया गुणस्तरका हिसाबले अब्बल मानिन्छ भने उक्त चियाको मूल्य उच्च हुन्छ।
जिल्लाको साँखेजुङका हिमालयन साङ्ग्रिला, साकिरा, मिष्टभ्यालीलगायतका कारखानाले पत्ती टिपाइसँगै प्रशोधनको काम थालेको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताए। यस्तै जिल्लाका चिलिमकोट, कन्याम, इलाम चिया बगानलगायतका अन्य निजी बगानमा मजदुरले पत्ती टिप्न सुरु गरेका छन्।
कारखानाले प्रशोधन थाले पनि मूल्य तोकेका छैनन्। अर्थोडक्स चिया उत्पादनका लागि अग्रणी यो जिल्लाका किसानले वार्षिक ३५ देखि ४० लाख किलो तयारी चिया उत्पादन गर्दै आएका छन्। जिल्लामा २४ वटा ठूला र ३९ वटा साना कारखानालाई १२ हजारभन्दा बढी किसानले हरियो चियापत्ती बिक्री गर्दै आएका छन्। रासस
Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*