pranab-mukharjeeसरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउने दिन दिने भनेको सार्वजनिक विदा फिर्ता हुने सम्भावना बढेको विश्वस्त स्रोतले बताएको छ । सिामाजिक सञ्जालमा चौतर्फि आलोचना बढेपछि प्रचण्डलाई सार्वजनिक विदा फिर्ता लिन दवाव बढेको हो । मुख्य राजनीतिक दलका शीर्ष नेता, राजनीतिक दलहरुको औपचारिक घोषणा र आफ्नै पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सामेत भारतीय राष्ट्रपति आउँदा विदा दिने निर्णयले भारतप्रतिको चरम भक्तिको सन्देश गएको दवाव बढेपछि विदा फिर्ता गर्ने मुडमा प्रचण्ड पुगेको बताइएको छ । प्रचण्डको सचिवालयले भने प्रचण्डले विदा फिर्ता गर्ने निर्णय गर्न लागेको भन्दा पनि के गर्ने भन्ने निर्णय प्रमुख दलहरुसंगको परामर्शपछि हुने बताइएको छ । 

Click here to share with social network...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*