Archive for February, 2016

जडिबुटीको अनुभवबाट औषधालय सञ्चालन गरे नरमानले

जडिबुटीको अनुभवबाट औषधालय सञ्चालन गरे नरमानले

‘पढेरभन्दा परेर प्राप्त गरिएको शिक्षा बढी शक्तिशाली र व्यावहारिक हुन्छ’ भन्ने मान्यतालाई सत्य–सावित गरेका छन् पाँचथर मौवा–१ का नरमान थापाले। स्थानीय मौवा, पञ्चमी आयुर्वेद औषधालयमा ३९ वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवा गर्नुभएका थापाले सेवा गर्दा खाँदा सिकेको आयुर्वेदिक औषधि उत्पादन गर्ने सीपलाई अवकाशपछि व्यवसायमा बदलेका हुन्। थापाले अहिले गाउँमै इन्द्रावती आयुर्वेदिक जडीबुटी प्रशोधन केन्द्र खोलेर दुर्गम क्षेत्रका मानिसलाई सेवा पुग्ने[Read More…]

अर्गानिक क्रान्तिमा लागेका एउटा रेष्टुरेन्ट व्यवसायी

अर्गानिक क्रान्तिमा लागेका एउटा रेष्टुरेन्ट व्यवसायी

जो आफ्नै बारीमा उत्पादन गरेका अर्गानिक हप्स, आफ्नै रेष्टुरेन्टमा ल्याउँछन, अनि विभिन्न परिकार बनाएर बेच्छन् आजकाल होटल तथा रेष्टुरेन्टहरुमा पाइने खानामा ग्राहकहरुको सर्वत्र गुनासो छ। मिठो भएन, हेल्दी भएन, बासी खाना खुवाइयो र महँगो भयो। ग्राहकलाई जस्तोसुकै खाना खुवाउँ छिट्टै धेरै पैसा कमाउँ भन्ने व्यवसायी पनि छन्। होटल तथा रेष्टुरेन्ट व्यवसायीको भीडमा यस्ता व्यवसायी पनि भेटिए जो १५ वर्षदेखि ग्राहकलाई[Read More…]

निजी वनबाट लाभ उठाउँदै वनधनी

निजी वनबाट लाभ उठाउँदै वनधनी

गरिबी न्यूनीकरणमा निजी वन प्रभावकारी हुँदै गएको निजी वनधनीहरुले औँल्याएका छन् । काभ्रेपलाञ्चोकको बुडोलमा आइतबार जिल्ला वन कार्यालय, धुलिखेलले आयोजना गरेको अन्तक्रियामा उनीहरुले निजी वनबाट भरपुर लाभ उठाउन कोसिस भइरहेको बताए । खेर गएका बाँझो जग्गाको सदुपयोग गर्दै निजी वनमा जडीबुटी, काष्ठ वन पैदावारको खेती गरी लाभ उठाउन सकिन्छ निजी वन सञ्जाल, काभ्रेपलाञ्चोकका सचिव गोपालप्रसाद तिमल्सिनाले भने। उनले त्यसका लागि[Read More…]

सात महिनामा डेढ अर्बको वस्तु निर्यात

सात महिनामा डेढ अर्बको वस्तु निर्यात

विराटनगर नाकाबाट चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब ४५ करोड ४२ लाख ६१ हजार मूल्य बराबरका विभिन्न प्रकारका खाद्यलगायतका वस्तु भारततर्फ निर्यात भएका छन् । सबैभन्दा बढी एक अर्ब १२ करोड ८८ लाख ८७ हजार रुपैयाँ मूल्य बराबरका एक हजार ७७५ मेट्रिक टन अलैँची निर्यात भएको प्लान्ट क्वारेन्टाइन विराटनगरले जनाएको छ । १३ करोड ६१ लाख ९३ हजार रुपैयाँको[Read More…]

मुगुमा जडीबुटीबाट साढे १६ लाख राजस्व

मुगुमा जडीबुटीबाट साढे १६ लाख राजस्व

– असारदेखि फागुनसम्म करिब ९ टन विभिन्न जडीबुटी बाहिर पठाइएको छ । जिमा, रुगा, रारा, माग्री, पिना, मुगु, डोल्फु कालैलगायत गाविसको वन जंगलमा स्थानीयबाट संकलित जडीबुटी सडक र हवाई मार्गबाट सुर्खेत, नेपालगन्ज हुँदै भारत निकासी भएको हो । जटामासी ४३ हजार २ सय किलो, पदमचाल २३ हजार ५ सय किलो, साधारण च्याउ ४ सय ३० किलो, अत्तिस १ सय ५०[Read More…]

by February 29, 2016 0 comments हरित खबर
साग बेचेर करोडपति

साग बेचेर करोडपति

पैसा र सफलता कडा  मिहिनेत र परिश्रमिले मात्रै कमाउन सकिन्छ भन्ने उदाहरण हुन् नवलपरासी गैंडाकोटका देव घिमिरे। करिब नौ बर्ष अगाडि २००७ मा वृद्धवृद्धाको हेरविचार गर्ने (केयर गिभर) भिषामा इजरायल आइपुगेका उनको ठूलो महत्वकांक्षा थिएन। मासिक तलब पैतालिस पचास हजारमा सन्तुस्ट थिए उनी। चारपाँच वर्ष विदेशमा दु:ख गरिसकेपछि नेपाल फर्किएर एउटा घर बनाउने र व्यापारव्यवसायगरेर बस्ने सोच थियो उनको। तर,[Read More…]

सौर्य ऊर्जामा प्रयोग गर्‌नेलार्इ ५० प्रतिशत छुट

सौर्य ऊर्जामा प्रयोग गर्‌नेलार्इ ५० प्रतिशत छुट

काठमाडौं: सरकारले सौर्य ऊर्जा जडान गर्नेलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ । लोडसेडिङले हैरान भएका नागरिकलाई जनसहभागितामा आधारित नवीकरणीय ऊर्जामार्फत सरकारले लागतको ५० प्रतिशत छुट दिने भएको हो । सरकारले व्यक्तिगत रूपमा घरमा जडान गर्नेदेखि संघसंस्था र कार्यालयसमेतलाई छुट दिने गरी यस्तो योजना ल्याएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नवीकरणीय ऊर्जाका माध्यमबाट स्थानीय ऊर्जा आवश्यकता पूरा[Read More…]

तरकारीमा विषादी घटाउँदै काभ्रेली किसान

तरकारीमा विषादी घटाउँदै काभ्रेली किसान

बनेपा: तरकारी उत्पादनमा अग्रणी जिल्लाको रूपमा चिनिँदै आएको काभ्रेका किसानले पछिल्लो समय तरकारी खेतीमा विषादी प्रयोगको मात्रा घटाउन थालेका छन्। विषादीको प्रयोगले किसान र उपभोक्ता दुवैलाई असर गर्छ भन्ने थाहा पाएसँगै काभ्रेका किसानले विषादी प्रयोग घटाउन थालेका हुन्। सरकारले प्रतिबन्ध लगाएको विषादी काभ्रेमा अझै पनि लुकाएर खरिदबिक्री हुने गरेको छ। कम्पनीले भारी छुट दिएर यस्तो विषादी किसानलाई बिक्री गर्ने गरेको[Read More…]

उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनको तयारी

उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनको तयारी

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनका लागि पहल सुरु गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यसको पहल सुरु गरेको हो । इन्धनबाट मात्र चल्ने बसका कारण इन्धनको बढी खपत हुने गरेका कारण सरकारले विद्युत्तबाट चल्ने बस चलाउने तयारी गरेको हो । उपत्यकाभित्र विद्युत्तीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न मन्त्रालयले चीन सरकारलाई औपचारिक रुपमा आग्रह गरेको[Read More…]

रोजगार खोज्न इजरायल गएका उनी आधुनिक कृषक बनेर आए

रोजगार खोज्न इजरायल गएका उनी आधुनिक कृषक बनेर आए

५७ सालतिर देशमा माओवादी द्वन्द्व उत्कर्षमा पुगेको थियो। व्यापार व्यवसाय गर्न वातारण बनेको थिएन। चन्दा आतंकले धनीमानी गाउँ प्रवेश गर्न सक्ने अवस्था थिएन। गाउँका अधिकांश युवाहरु सशस्त्र द्वन्द्वमा होमिएका थिए। जान नमान्ने युवाहरुलाई अपहरण गरेर भएपनि माओवादीले लैजान्थ्यो। सिएमएको पढाइ सकेर गाउँमै सेवा गर्नुपर्छ भन्ने भावना भएका श्रीकृष्ण अधिकारीले मकवानपुर चुरियामाई मयुरधापमा मेडिकल पसल खोले, सामान्य उपचार गर्न थाले। सोचेको[Read More…]