Archive for March, 2016

किसान लहरे तरकारी खेती तर्फ अकर्षित

किसान लहरे तरकारी खेती तर्फ अकर्षित

वर्षा तथा गर्मी मौसमसँगै जिल्लाका ६० कृषकले लहरे तरकारी खेती सुरु गरेका छन्। कृषि विकास कार्यालयको अनुदानमा त्रियुगा नगरपालिकाका तथा बेल्टार, कटारी, हँडिया, पञ्चावती क्षेत्रका कृषकले फर्सी, घिरौँला, चिचिन्डो, रामतोरिया, बोडीलगायत तरकारी उत्पादन गर्दै आएका छन्। कृषि कार्यालयले प्रतिकृषक ४० हजार अनुदान तथा तालिमको व्यवस्था गरेपछि कृषक लहरे तरकारी खेतीमा लागेका हुन्। त्रियुगा नगरपालिका– १५ राजावासका कृषक माया दनुवार चार[Read More…]

काठको लागि लोकप्रिय बन्दै सागवान खेती

काठको लागि लोकप्रिय बन्दै सागवान खेती

काठ मध्येको अब्बल दर्जा मानिने सागवान खेती बिगत २ बर्ष यता जिल्लामा लोकप्रिय बन्दै गएको छ। कम समयमा बिरुवाको बृद्धि विकास राम्रो हुने भएकाले यस प्रति किसानहरु आकर्षित भएका छन्। सामान्यतया जंगली सागवान तयार हुन ३० देखि ३५  बर्ष लाग्ने जानकारहरु बताउँछन्। शिवशक्ति वायो प्लान्टिकले बजारमा ल्याएको सागवान, अन्य सागवान भन्दा गुणस्तरीय रहेको सो संस्थाले दाबी गरेको छ।  छोटो समयमै[Read More…]

by March 27, 2016 0 comments हरित खबर
जडिबुटीबाट क्यान्सरदेखि हेपटाइटिस्सम्म निको हुन्छ

जडिबुटीबाट क्यान्सरदेखि हेपटाइटिस्सम्म निको हुन्छ

एकराज पाठक भैरहवाकी ४३ वर्षीया मायाकुमारी पुनको पित्त थैली र कलेजोको बीचमा मासु पलाएको जानकारी बानेश्वरस्थित सिभिल अस्पतालले दियो । सो अस्पतालले त्यसलाई क्यान्सरको मध्य अवस्था भनेर समेत पहिचान गर्यो । पित्त थैलीमा पानीको फोका देखिएको, कलेजो पनि खराब भई हेपटाइटिस् भइसकेकोले शल्यक्रिया गर्नु अत्यन्तै गम्भीर थियो । तत्कालै शल्यक्रिया गर्न आँट गरेन अस्पतालले । त्यसपछि उहाँ ललितपुरको लुभुमा रहेको[Read More…]

स्नातकोत्तर गरेपछि पशुपालनतर्फ लागे यादव

स्नातकोत्तर गरेपछि पशुपालनतर्फ लागे यादव

विश्वविद्यालयका प्रमाणपत्र बोकेर जागिरका लागि युवायुवती धाउने प्रशस्त छन्। कुनै सरकारी तथा निजी संस्थामा जागिरका लागि सूचना गरेको थाहा पाउनेबित्तिकै फारम भर्नेको भीड हुन्छ। समाजमा थोरै मात्रै यस्ता युवा छन्, जसले जागिरका लागि धाउने हैन, आफै गर्ने हो भनेर कम्मर कसेर लागेका छन्। यस्ता युवाको पङ्तिमा पर्दछन् विराटनगर १८, जतुवाका सिकेन्द्रसिंह यादव। कुनैबेला जागिर दिनुस् नै हजुर भन्दै विभिन्न सरकारी,[Read More…]

मिश्रित खेतीबाट आम्दानी गर्दै पूर्वसभासद्

मिश्रित खेतीबाट आम्दानी गर्दै पूर्वसभासद्

जाजरकोटका पूर्वसभासद् भक्तबहादुर शाह बिहान उठ्ने बित्तिकै बारीमा जान्छन् । आफूले लगाएका विभिन्न खेतीको गोडमेल र सिँचाइमा व्यस्त हुन्छन् । हातमा कुटो, कोदालो र हैन्डपु्रनर लिएर बिरुवाको संरक्षण तथा गोडमेल गर्ने शाह बिहानभरि काम सकेर दिनभर अन्य काममा व्यस्त रहन्छन् । विगत पाँच वर्षदेखि शाहले यही कार्यलाई निरन्तरता दिँदै आएका छन् । आफ्नो परिवारजस्तै माया गर्छन् उनले मिश्रित खेती व्यवसायलाई[Read More…]

by March 24, 2016 0 comments हरित खबर
हरियो चियापत्ती टिप्न सुरु

हरियो चियापत्ती टिप्न सुरु

जिल्लाका किसानले हरियो चियापत्ती टिप्न सुरु गरेका छन्। हरियो चियापत्ती टिप्न थालेसँगै जिल्लाका अधिकांश ठूला र साना कारखानाले प्रशोधन थालेका छन् । उत्पादनको पहिलो मौसमको चिया गुणस्तरका हिसाबले अब्बल मानिन्छ भने उक्त चियाको मूल्य उच्च हुन्छ। जिल्लाको साँखेजुङका हिमालयन साङ्ग्रिला, साकिरा, मिष्टभ्यालीलगायतका कारखानाले पत्ती टिपाइसँगै प्रशोधनको काम थालेको केन्द्रीय चिया सहकारी सङ्घका अध्यक्ष गोविन्दप्रसाद दाहालले बताए। यस्तै जिल्लाका चिलिमकोट, कन्याम,[Read More…]

by March 24, 2016 0 comments हरित खबर
पच्चीस करोडको सुन्तला बिक्री

पच्चीस करोडको सुन्तला बिक्री

गोरखाका किसानले यसवर्ष २५ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन्। जिल्लामा पाँच हजार ८ सय २७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत वीरेन्द्र धितालका अनुसार गत वर्षभन्दा यसवर्ष १० देखि १२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ। त्यहाँ उत्पादन भएका सुन्तला काठमाडौं, नारायणगढ, मुग्लिन, आँबु खैरेनी लगायत बजारमा बिक्री गरिन्छ। किसानले यस वर्ष[Read More…]

भद्रपुरमा यन्त्रबाट धान रोपाइँ

भद्रपुरमा यन्त्रबाट धान रोपाइँ

झापाको गोलधान गाविस–६ स्थित समुदायमा व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजनाअन्तर्गत आज यन्त्रबाट धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास निर्देशनालय हरिहर भवनका निर्देशक डिलाराम भण्डारी र प्रजिअ मदन भुजेलले गोलधापमा संयुक्त रुपमा रोपाइँ उद्घाटन गरे। प्रविधि विस्तार कार्यक्रम अन्तर्गत यन्त्रबाट धान रोप्ने र उत्पादन लागत कम गराई उत्पादकत्व बढाउने, खाद्यान्नमा परनिर्भरता हटाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सो[Read More…]

by March 15, 2016 0 comments हरित खबर
तुलसीपुर (दाङ

किसान चैते मकै खेतीतर्फ आकर्षित

जिल्लाको लालमटिया गाविस–४ का किसान यतिबेला उन्नत जातको चैते मकैखेती गर्न व्यस्त रहेका छन्। गत वर्ष सो गाविसका किसानले सोचेभन्दा बढी मकै आम्दानी लिन सफल भएपछि अहिले उनीहरु चैते मकैखेती गर्न थालेका हुन्। सो गाविसमा विभिन्न चारवटा समूह गठन गरेर १ सय भन्दा बढी किसानले उन्नत जात (हाइब्रिड सी१९२१) नामको मकैखेती सुरु गरेका छन्। जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको[Read More…]

अढाइ करोडको अलैँची उत्पादन

अढाइ करोडको अलैँची उत्पादन

जिल्लाको मध्य तथा पश्चिमी क्षेत्रको पहाडी गाविसमा यसवर्ष दुई करोड ५० लाख रुपैयाँकोको अलैँची उत्पादन भएको छ। यस वर्ष १८ हजार ७ सय ५० किलो अलैँची उत्पादन भएको छ। जिल्लाका भुटार, नामेटार, इनामे, बराह तथा ठाना गाउँ, खाँबु, साउने पोखरी गाविसमा अहिले अलैँची उत्पादन सुरु भएको छ। यस्तै पश्चिमी पहाडी क्षेत्रको सिरिसे, मयङखु, हर्देनी, लेखानी, तावाश्री र लेखगाउँ क्षेत्रमासमेत अहिले[Read More…]

by March 15, 2016 0 comments हरित खबर