Archive for March, 2016

यस्ता छन् बाँसका फाइदा

यस्ता छन् बाँसका फाइदा

बाँसको उपयोगिता महत्वपूर्ण हुने र यसले मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले बाँस खेतीलाई अभियानका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोड र बाँसको अन्तर्राष्ट्रिय नेटवर्कले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा भूसंरक्षण र वन तथा पैदावारको संरक्षणमा बाँसको उपयोगिता महत्वपूर्ण रहेको उल्लेख गरियो । वन तथा भू–संरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले भूकम्पबाट नराम्ररी प्रभावित[Read More…]

by March 13, 2016 0 comments हरित खबर
बाघ जोगाउने रणनीति बनाइँदै

बाघ जोगाउने रणनीति बनाइँदै

नेपाल–भारतका निकुन्ज तथा संरक्षित क्षेत्रका बाघ तस्करको निसानामा पर्ने क्रम बढेपछि नियन्त्रणका लागि दुई मुलुक मिलेर रणनीतिक खाका बनाउने भएका छन् । त्यसका लागि नेपाल र भारतका वन मन्त्रालयका उच्च अधिकारी, वन्यजन्तु संरक्षणमा खटिने प्राविधिक र सुरक्षा निकाय सोमबारदेखि नयाँदिल्लीमा छलफलमा जुट्दै छन् । सीमावर्ती क्षेत्रमा चुनौतीका रूपमा देखिएको बाघ चोरी सिकार रोक्न दुवै देशले सोमबार र मंगलबार दिल्लीमा विस्तृत[Read More…]

अाजदेखि राजधानीमा चल्दै छ यस्ता ३९ वटा मेट्रो बस

अाजदेखि राजधानीमा चल्दै छ यस्ता ३९ वटा मेट्रो बस

बस चढ्न कुर्न नपर्ने र एप्स हेरेर बस अाउने समय पत्ता लगाउन सकिने काठमाडौं उपत्यकामा आजदेखि सुविधासम्पन्न मेट्रो  बस चल्ने भएका छन्। १६ करोडको लगानीमा महानगर यातायात प्रालिले ३९ वटा बस आजदेखि संचालनमा ल्याउन लागेको हो । काठमाडौंको बनस्थलीमा दिउँसो २ बजे विशेष कार्यक्रम गरी बस संचालनको सुरुआत गरिने महानगर यातायात प्रालिका सन्तोष खतिवडाले सेतोपाटीलाई जानकारी दिए। बस चलेपछि उपत्यकामा[Read More…]

by March 13, 2016 0 comments हरित खबर
बायोडाइनामिक्स प्रविधि थाल्दै पूर्वी इलामका किसान

बायोडाइनामिक्स प्रविधि थाल्दै पूर्वी इलामका किसान

जिल्लाको पूर्वी क्षेत्रका चिया किसान बायोडाइनामिक्स चिया खेतीतर्फ आकर्षित हुन थालेका छन्। छिमेकीमूलुक भारतको खर्साङमा अग्र्यानिक चिया कारखाना मकैबारी ‘टी–स्टेट’सँगको सहकार्यमा चिया किसानले बायोडाइनामिक्स चियाखेती गर्न थालेका हुन्। फिक्कलस्थित गोर्खा टि–स्टेटका सञ्चालक उदय चापागाइँले आफ्नै पहलमा खर्साङका प्राविधिक ल्याएर बायोडाइनामिक्स प्रविधि भित्र्याउन किसानलाई प्रोत्साहित गरे। गाईभैँंसीको गोबरमा विभिन्न जैविक पदार्थको मिश्रण गरी चियामा प्रयोग हुने मल, विषादी र अन्य तत्वहरू[Read More…]

by March 6, 2016 0 comments हरित खबर
सौर्य पम्पिङबाट किसान बने लखपति

सौर्य पम्पिङबाट किसान बने लखपति

झन्डै १५ वर्ष भारतमा मजदुरी गर्दा पनि घरखर्च चलाउन मुस्किल भएपछि पैसा कमाउने आशामा गाउँका अन्य युवाजस्तै कतार हानिएका भीमबहादुर गुरुङको सपना अधुरै रह्यो। डेढ लाख रुपैयाँ साहुसँग ऋण गरेर गएका उनी भनेजस्तो काम नपाएपछि छ महिनामै गत वर्ष रित्तो हात फर्किए। सिँचाइको अभावमा श्रम र लगानीको अनुपातमा उत्पादन नहुँदा वर्षमा आठ महिना ज्याला मजदुरी गरेर परिवार पाल्नुपर्ने उनको बाध्यता[Read More…]

by March 6, 2016 0 comments हरित खबर
वैदेशिक रोजगारबाट फर्किएर तरकारी खेतीमा

वैदेशिक रोजगारबाट फर्किएर तरकारी खेतीमा

जिल्लाको कटहरी गाविसका कोपिन्द्र सिंह वैदेशिक रोजगारबाट फर्किएर तरकारी खेतीमा संलग्न भएको पाँच वर्ष भयो । विसं २०६३ मा वैदेशिक रोजगारका लागि मलेसिया पुग्नुभएका सिंह चार वर्षसम्म विदेशमा बस्दा अपेक्षाअनुसार आम्दानी नभएपछि घर फर्केपछि तरकारी खेती सुरु गरे । जिल्ला कृषि विकास कार्यालयबाट युवा स्वरोजगार कार्यक्रममार्फत ६० हजार रुपैयाँ अनुदान लिएका सिंहले चार कठ्ठा जग्गामा तरकारी खेती सुरु गरेका हुन्।[Read More…]

by March 6, 2016 0 comments हरित खबर