Archive for September, 2016

महिला व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित

महिला व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित

गुरुखोला गाविस–८ सतबाँझका महिला व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन्। तरकारीबाट फाइदा हुने भएकाले उनीहरु महिला कृषक समूह गठन गरेर व्यावसायिक तरकारी खेतीमा लागेका छन्। परम्परागत रुपमा लगाइने धान, मकै, गहुँलगायत बालीबाट खासै उत्पादन लिन नसकेपछि उनीहरु तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका महिलाले अहिले वार्षिक एक लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्। करिब दुई[Read More…]

चार हजार मेट्रिक टन स्याउ उत्पादन

चार हजार मेट्रिक टन स्याउ उत्पादन

जिल्लामा यस वर्ष चार हजार ४०० मेट्रिक टन स्याउ उत्पादन भएको छ। गत वर्षभन्दा यस वर्ष ४०० मेट्रिक टन कम स्याउ फलेको छ। सबैभन्दा बढी स्याउ उत्पादन मार्फा र जोमसोममा भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए। लामो समयसम्म खडेरी पर्नु, जिजिनामथ किराको सङ्क्रमण, स्याउको फूल फुल्ने बेला तुसारो परेकाले उत्पादन घटेको हो। अधिकांश किसानले यस[Read More…]

कात्तिक ७ गतेदेखि प्रथम मौरी वैज्ञानिक सम्मेलन

कात्तिक ७ गतेदेखि प्रथम मौरी वैज्ञानिक सम्मेलन

उत्कृष्ट रानी माहुरीलाई ‘सुन्दरी’ को उपाधी नेपालमा पहिलोपल्ट वैज्ञानिक मौरी सम्मेलन आयोजना हुने भएको छ । ग्लोबल वार्मिङ (जलवायु परिवर्तन)का कारण ले मौरीको उत्पादकत्वमा परेको प्रभाव र एसियाली मुलुकमा मौरीको व्यसायिकता विषयमा यो सम्मेलन हुने भएको हो । हाइल्याण्ड एग्रिकल्चर रिसर्च एण्ड डेभलेपमेन्ट इन्टरप्राइजेज (हार्डेन) को आयोजनामा हुने सम्मेलनमा व्यवसायिक किट विकास निर्देशनालयको विशेष सहयोग रहने आयोजक समितिले जनाएको छ[Read More…]

किसानलाई दैनिक १६ लाख रूपैयाँ

दुग्ध वितरण आयोजना विराटनगरले पूर्वाञ्चलका आठ जिल्लाका किसानलाई दैनिक १६ लाख रूपैयाँ भुक्तानी गर्न थालेको छ । आयोजना प्रमुख ईश्वरीराज न्यौपानेका अनुसार पूर्वको इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, तेह्रथुमका गरी २० हजार किसानबाट दैनिक सरदर ४२ हजार लिटर दूध सङ्कलन गर्नुका साथै त्यसबापत किसानलाई दैनिक १६ लाख रूपैयाँ भुक्तान गर्दै आएको हो । सङ्कलित दूधमध्ये दैनिक १२ हजार[Read More…]

युरोप,जापानदेखि नेपालमा भित्रन्छ फूल

युरोप,जापानदेखि नेपालमा भित्रन्छ फूल

मुलुकका ३६ जिल्लामा दुई हजार ९४१ रोपनी क्षेत्रफलमा व्यावसायिक पुष्पखेतीबाट रु ६७ करोड १४ लाख ४६ हजार आम्दानी भएको छ भने कुल गार्हस्थ्य उत्पादनमा यस वर्ष रु ४५ करोडले योगदान पुगेको छ । पुष्प व्यवसायीको छाता सङ्गठन ‘फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल’ (फ्यान) स्थापना भएको करिब २५ वर्षपछि सरकारले सार्वजनिक गरेको व्यावसायिक पुष्पखेती सर्वेक्षण २०७२ मा सो कुरा उल्लेख छ ।[Read More…]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि छ करोड

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि छ करोड

कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउने उद्देश्यले कञ्चनपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिने भएको छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउन सञ्चालन हुने परियोजनामा ‘पकेट, ब्लक र जोन’मा जग्गालाई विभाजन गरी व्यावसायिक खेती प्रवद्र्धन गरिने भएको हो । कञ्चनपुरमा परियोजना सञ्चालनका लागि रु छ करोड बजेट विनियोजन भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताए। पाँच सय हेक्टर[Read More…]

चिराइतो जरासितै मर्न थालेपछि किसान चिन्तित, कृषि विकास कार्यालय अनविज्ञ

चिराइतो जरासितै मर्न थालेपछि किसान चिन्तित, कृषि विकास कार्यालय अनविज्ञ

भोजपुर – गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् । माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट कालो हुने, सुकेर जाने, जरामा किरा पर्ने रोग देखिएपछि किसान चिन्तित बनेका हुन् । खेती लगाएर हुर्कर्दै गरेको आधाजसो बोट रोगले सखाप पार्न लागेपछि उत्पादनमा गिरावट आई आम्दानी गुम्ने भएको षडानन्द[Read More…]

व्यावसायिक घाँस उत्पादनमा आकर्षण बढ्यो

व्यावसायिक घाँस उत्पादनमा आकर्षण बढ्यो

जिल्ला पशु सेवा कार्यालयले सञ्चालन गरेको ‘घाँस विकास’ कार्यक्रमले किसानलाई व्यावसायिकतातर्फ उन्मुख गराएको छ। घाँस उत्पादनलाई प्राथमिकता दिएर अनुदानमा विभिन्न जातका घाँसका बिउ वितरण गर्न थालेपछि व्यावसायिक घाँस खेतीमा किसानको आकर्षण बढ्दो छ। विसं २०३८ देखि सुरु भएको ‘घाँस विकास’ कार्यक्रम यतिबेला किसानको आयआर्जनको माध्यम बनेको छ । दुई नगरपालिका र सबै गाविसका किसानले सामूहिक तथा व्यक्तिगतरुपमा व्यावसायिक घाँस खेती[Read More…]

खसीबाख्रा उत्पादनमा वृद्धि

खसीबाख्रा उत्पादनमा वृद्धि

मोरङका ग्रामीण क्षेत्रमा उन्नत जातका खसीबाख्राको उत्पादन तथा कारोबारमा वृद्धि भएको छ। मोरङको दर्वेशा, शनिश्चरे, जिरी खिम्ती, डाइनिया कदमाहा, दादर वेरियालगायत ग्रामीण क्षेत्रका किसानले करिब एक दर्जन व्यावसायिक फार्म खोलेर नै खसीबाख्राको उत्पादन सुरु गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ। ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका एक दर्जन खसीबाख्रा फार्ममध्ये दर्वेशाको सावित्रा खसी तथा बाख्रा फार्मले उन्नत जातको खसीबाख्रा उत्पादन गरेर सबैभन्दा[Read More…]

पाल्पामा १४ हजार मेट्रिक टन अदुवा उत्पादन

पाल्पामा १४ हजार मेट्रिक टन अदुवा उत्पादन

आव २०७२/७३ मा एक हजार २६० हेक्टर क्षेत्रफलमा जिल्लामा १४ हजार १९७ मेट्रिक टन अदुवा उत्पादन भएको छ। आव २०७१/७२ मा एक हजार २६२ हेक्टर क्षेत्रफलमा १४ हजार ८५३ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले जानकारी दिए। जिल्लाका खानीगाउँ, बराङ्दी, पालुङमैनादी, फेक, सिलुवा र भैरवस्थान अदुवाका लागि मुख्य पकेट क्षेत्र मानिन्छन्।[Read More…]