Archive for September, 2016

जैविक विषादीको प्रयोग बढ्दै

जैविक विषादीको प्रयोग बढ्दै

जैविकमैत्री जिल्लाका रूपमा विकास गर्ने रणनीति लिएपछि इलाममा रासायनिक विषादीको प्रयोग घट्दै गएको पाइएको छ। जिल्ला कृषि विकास कार्यालयले गत वर्षदेखि रासायनिक विषादीको प्रयोग घटाउने नीति तथा कार्यक्रम सुरू गरेपछि विषादीको प्रयोग घट्दै गएको हो । आर्थिक बर्ष २०७१÷०७२ मा ९५२ लिटर झोल र ७३३ किलोग्राम रासायनिक विषादी प्रयोग भएकोमा गत आर्थिक बर्षमा ९०७ लिटर झोल र ६९७ किलोग्राम विषादी[Read More…]

by September 11, 2016 0 comments मूलपेज
तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

मयुरबस्तीका २६ कृषकले तरकारी खेतीबाट जीविकापार्जन गर्दै आएका छन्। बढ्दो बेरोजगारी र आत्मनिर्भर बन्न चाहने इच्छाले हिजोआज स्थानीय कृषक व्यावसायिक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन्। घट्दो उत्पादन अनि बढ्दो जनसङ्ख्याका कारण खेतीपातीमा रुमल्लिने कृषकका लागि तरकारी खेती आयआर्जनको विकल्पका रुपमा रहेको छ। विसं २०६५ देखि परम्परागत रुपले तरकारी खेती थालेका उनीहरुले सञ्चालन गरेको मिलन सहकारीको समन्वयमा २०७० देखि सक्षम[Read More…]

बाख्रापालन व्यवसायमा आकर्षण

बाख्रापालन व्यवसायमा आकर्षण

बाख्रापालन व्यवसायबाट आखिसल्लाका सावित्रा खपाङ्गीको मासिक ५० हजारसम्म आम्दानी हुने गरेको छ। जिल्लाको आखिसल्ला गाविसमा खपाङगीमात्र हैन महिला समूहमा आबद्ध १३२ जनाले व्यावसायिक बाख्रापालनबाट आफ्नो घरखर्च चलाएर बचत गर्न सफल भएका छन् । व्यवसायमा लागेर मासिक ५० हजारदेखि एक लाख ५० हजारसम्म आम्दानी हुने साप्तिङ्टार– २ बाख्रापालन समूहकी सावित्रा खपाङ्गीले बताइन्। ‘हेफर इन्टरनेसनल’ संस्थाले ६ वर्षअघि उपहारमा दिएको बाख्राबाट सुरु[Read More…]

कृषि उपज सरकारसमक्ष पुर्याउन पहल

कृषि उपज सरकारसमक्ष पुर्याउन पहल

यहाँको कृषि उपज सरकारसमक्ष पुर्याउन यो वर्ष कर्णाली कृषि तथा खाद्य सरोकार समूहले पहल गर्ने भएको छ। कर्णालीमा उत्पादित सिमी, फापर, चिनो, कागुनो र कोदोलगायतका अन्नबाली निर्यात हुन नसकेको गुनासो कृषकले गरेपछि समूहले पहल गर्ने भएको हो । गत वर्ष डोल्पाबाहेक कर्णालीका जुम्ला, हुम्ला, कालीकोट र मुगु जिल्ला गरी सिमी ३८० क्विन्टल र फापर २२० क्विन्टल खरिद गर्न सरकारले  एक करोड[Read More…]

जुम्लाको अर्गानिक स्याउ राजधानीमा

जुम्लाको अर्गानिक स्याउ राजधानीमा

जुम्लामा उत्पादन हुने अर्गानिक स्याउ राजधानी भित्रिएको छ। काठमाडौं उपत्यकाका प्रमुख चोकहरुमा जुम्लाको अगार्निक स्याउको बिक्री सुरु भइसकेको छ। एस डिके एप्पल गार्डेनिङ्गले विगत ४ वर्षदेखि जुम्लाको अगार्निक स्याउ बिक्री वितरण गरिरहेको छ। जुम्लाको ताजा र गुणस्तरीय स्याउ उपत्यकाका फलफूल पसलहरुबाट प्रतिकिलो  १ सय ४० देखि १ सय ६० रुपैयाँमा खरिद गर्न सकिने एस डिके एप्प्ल गार्डेनिङ्गका सञ्चालक दिनेश खड्काले[Read More…]

‘ब्राण्डिङ’पछि मुडेको आलु राजधानीमा ७० हजार केजी खपत

‘ब्राण्डिङ’पछि मुडेको आलु राजधानीमा ७० हजार केजी खपत

जिल्लाको पूर्वी हिमाली गाउँ जेठल(मुडे)मा उत्पादित मुलुककै पहिलो ब्राण्डेड आलु राजधानीमा मात्रै तीन महिनामा ७० हजार किलो खपत भएको छ। यस वर्षको सिजनमा सो परिमाणको आलु राजधानीमा खपत भएको हो। गाउँमा उत्पादित आलुलाई साना किसान तथा कृषि सहकारी संस्थाले कालीमाटी फलफूल तथा तरकारी बजारलगायत संकलन केन्द्रमा पुर्याउने गरेको छ। जेठदेखि ब्राण्डलाई समेटेर आलु बिक्री गरिरहेको साना किसान तथा कृषि सहकारी संस्थाका[Read More…]

दूध बेचेर दुई लाख आम्दानी

दूध बेचेर दुई लाख आम्दानी

कुनै समय गाउँमा जमिनदारको खेतमा परिश्रम गरेर परिवारको लालनपालनमा दिन बिताउने कञ्चनपुरको देखतभूली गाविस–६ का शिवचरण राना यतिबेला दूध बेचेरै दुई लाख आम्दानी गर्न थालेका छन्। घरको आर्थिक अवस्था कमजोर हुँदा वैदेशिक रोजगारीमा जान खोजेका उनले पछिल्लो समय गाउँका किसानबाट दूध सङ्कलन गरेर बिक्री वितरण गर्न थालेका छन्। “परिश्रमी हातलाई पैसा कमाउन विदेश नै जानु पर्दैन, काम गरे गाउँमै पनि[Read More…]

विश्वका पर्यटन व्यवसायी जाकार्तामा

विश्वका पर्यटन व्यवसायी जाकार्तामा

आ–आफ्ना मुलुकका गन्तव्य प्रवद्र्धन गर्ने उद्देश्यले विश्वका पर्यटन व्यवसायी समुन्द्री टापुको पहिचान बोकेको मुलुक इन्डोनेसियाको राजधानी जाकार्तामा जमघट भएका छन् । पाटा ट्राभल मार्ट २०१६ ले उनीहरुलाई आफ्ना पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने अवसर सिर्जना गरिदिएको हो । सत्र हजार बढी समुन्द्री टापु भएको इन्डोनएसिया विश्व पर्यटनको आकर्षक गन्तव्य हो । बुधबारदेखि सुरु भएको पाटा ट्राभल मार्टको ३९औँ संस्करणमा नेपालसहित ६३[Read More…]

कत्ले सिमसार पोखरीलाई पर्यटकीय क्षेत्र बनाइने

मोरङको मधुमल्लास्थित मिक्लुङ सामुदायिक वन क्षेत्रमा रहेको पोखरीलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पोखरी स्तरोन्नतिका लागि स्थानीय उपभोक्ता सक्रिय भएका छन्। मधुमल्ला–५ मा रहेको कत्ले सिमसार पोखरीलाई सुन्दर र मनमोहक बनाउन स्थानीयवासी जुटेका हुन्। चालु आर्थिक वर्षमा उक्त सिमसार संरक्षणका लागि जिल्ला वन कार्यालय र जिल्ला भू–संरक्षण कार्यालयबाट करिब आठ लाख रुपैयाँ सहयोग भएपछि उपभोक्ता सिमसार संरक्षणमा उत्साहित भएका हुन्।  सिमसार[Read More…]

कृषि उपज बजार ऐन ल्याउन माग

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासङ्घले कृषि उपज बजार ऐन चाँडै ल्याउन माग गरेको छ। महासङ्घले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष खोमप्रसाद घिमिरेले कृषि उपज बजार सञ्चालन र व्यवस्थापनसम्बन्धी आवश्यक कानुन अभावका कारणले बजार व्यवस्थापन गर्न समस्या परेकाले ऐन चाँडै ल्याउनुपर्ने माग गरे। “ऐन नहुँदा देशभरका बजार सञ्चालनमा समस्या परेको छ”, उनले भने । लामो समयदेखि मस्यौदामा रहेको[Read More…]