Archive for September, 2016

कृषि बजार व्यवस्थित गर्न माग

कृषि बजार व्यवस्थित गर्न माग

देशभरका कृषि बजारहरु अव्यवस्थित हुँदा व्यावसायी र कृषक मारमा परेको भन्दै फलफूल तथा तरकारी व्यावसायीहरुले बजार व्यवस्थित गर्न सरकारसँग माग गरेका छन्। बजार अव्यवस्थित हुँदा व्यावसायीले व्यापर गर्न नपाएको, कृषकले राम्रो मूल्य नपाएको र उपभोक्ताहरुले गुणस्तरिय वस्तु नपाएको भन्दै उनीहरुले बजार व्यवस्थित बनाउन सरकारसँग माग गरेका छन्। बजार प्रणालीलाई व्यवस्थित गर्नुको साटो झन भाँडभैलो सिर्जना गरेर अव्यवस्थित बनाउने काम भएको[Read More…]

भाडामा सामूहिक गोलभेँडा खेती सुरु

भाडामा सामूहिक गोलभेँडा खेती सुरु

विदेश गएर फर्किएका र विदेशिन लागेका गल्धा गाविस–७ गेझा पाल्पाका चार युवाले सामूहिक रुपमा गोलभेँडा खेती सुरु गरेका छन्। एघार रोपनी जग्गा वार्षिक ५० हजारमा भाडामा लिएरयुवाले २० लाखको लगानीमा आधुनिक प्रविधिबाट गोलभेँडा खेती सुरु गरेका हुन्। गोलभेँडा खेतीका लागि अहिले ३५ वटा प्लास्टिक टनेलभित्र बनाइएको छ। विदेशिएका अर्जुन थापा, शेरबहादुर सोती, पूर्णबहादुर पचभैया र विदेशिन लाग्नुभएका किसान सारुले सामूहिक[Read More…]

उदयपुरमा केरा उत्पादन बढ्यो

उदयपुरमा केरा उत्पादन बढ्यो

यस वर्ष उदयपुर जिल्लाका पूर्वी क्षेत्रमा व्यावसायिक रुपमा केराखेती गर्ने कृषकले राम्रो उत्पादन लिन थालेका छन्। जिल्लाको पूर्वी क्षेत्रको तपेस्वरी, भागलपुर, सुन्दपुर, हँडिया र जोगीदह क्षेत्रमा विगत वर्षहरुमा भन्दा यो वर्ष राम्रो उत्पादन भएको छ। यस वर्ष विगतमा जस्तो केरामा गभारो किरा पनि नलागेको र हावाहुरीले पनि बोटलाई क्षति नगरेका कारण सुरुदेखि नै उत्पादन राम्रो रहेको हँडिया–५ का सुकाई चौधरी[Read More…]

अलैँचीमा मिसावटको समस्या

अलैँचीमा मिसावटको समस्या

नेपाल–भारत खुल्ला सीमानाकाका कारण गुणस्तरीय नेपाली अलैँचीमा कम गुणस्तरको अलैँची मिसाइँदा समस्या हुन थालेको छ। भारतीय बजार हुँदै नेपाल भित्रिएको कम गुणस्तरको अलैँची मिसावटका कारण नेपाली अलैँची बजार समस्यामा पर्न थालेको हो। नेपाल–भारत खुल्ला सीमानाका हुँदै नेपाली बजारमा भित्रिने कम गुणस्तरको अलैँची केही व्यापारीले नेपाली अलैँचीमा मिसावट गरी बेच्ने गरेका कारण विश्व बजारमा पहिचान बनाइसकेको नेपाली अलैँचीको गुणस्तरमै शङ्का सिर्जना[Read More…]

नेपाली अदुवा गोदाममै थन्कियो

नेपाली अदुवा गोदाममै थन्कियो

एक हप्ता अघिदेखि भारत निकासी बन्द भएको नेपाली अदुवा गोदाम मै थन्किँदा पूर्वी पहाडी जिल्लाका अदुवा किसान र व्यापारी समस्यामा परेका छन्। यति बेला माउ अदुवा बिक्री गर्ने मुख्य समय हो । तर, किसानले माउ अदुवा बिक्री नगर्दै भारतले नेपाली अदुवामा प्रतिबन्ध लगाएपछि पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुमका अदुवा किसान र व्यापारी समस्यामा परेका हुन्। नेपाल हुँदै[Read More…]

कृषि उपजबाट ३३ करोड आम्दानी

कृषि उपजबाट ३३ करोड आम्दानी

म्याग्दीमा कृषि उपज निकासीबाट एक वर्षको अवधिमा  ३३ करोड रुपैयाँ आम्दानी भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा  कृषकले आठ हजार १५९ मेट्रिक टन कृषि विभिन्न उपज निकासी गरेर  ३३ करोड ४६ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार राम्चे, हिस्तान, शिख, घारलगायतका गाविसमा उत्पादन भएको चार हजार ७१८ मेट्रिक टन आलु निकासीबाट १९[Read More…]

स्याउ बिक्रीबाट मनग्य आम्दानी गर्न थाले जुम्लाका किसान

स्याउ बिक्रीबाट मनग्य आम्दानी गर्न थाले जुम्लाका किसान

यस वर्ष किसानले मनग्य आम्दानी लिएका छन्। व्यापारीले प्रतिकिलो ६० रुपैयाँमा स्याउ खरिद गरिरहेका छन्। पटमारा गाविसका किसान धमाधाम स्याउ भित्र्याउनमा व्यस्त छन् । व्यापारी बगैँचामै आएर स्याउ किन्न लुछाचुँडी गरिरहेका छन्। बगैँचामै व्यापारीले आफूले भनेजस्तो मूल्य दिँदा मनग्य आम्दानी भएको पटमारा–२ उर्थुगाउँका किसान मुनबहादुर विष्ट बताउँछन्। उनले यस वर्ष २० टन स्याउ उत्पादन गरेका छन्। स्याउ बिक्रीबाट यस वर्ष[Read More…]

तरकारीबाट बाह्रै महिना आम्दानी

तरकारीबाट बाह्रै महिना आम्दानी

परम्परागत खेती गर्न छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेपछि यहाँका युवाले मनग्य आम्दानी लिन थालेका छन्। मुझुङ गाविसका ४० देखि ५० घरपरिबार मकै, भटमास, कोदो, फापर खेती गर्न छाडेर व्यावसायिक रुपमा तरकारी खेती गरी आम्दानी गर्न सफल भएका छन्। वर्षमा मकै र जौ, गहुँ गरी दुई खेती गर्नेले अहिले बारीमा तीन चार पटकसम्म तरकारी उत्पादन गर्न सफल भएका छन्। परम्परागत[Read More…]