Archive for November, 2016

स्थानीय निकाय पुनसंरचनामा एमालेको असहमति

स्थानीय निकाय पुनसंरचनामा एमालेको असहमति

ललितपुर । स्थानीय निकाय पुनसंरचना आयोगको प्राविधिक समिति ललितपुरले गरेको सिफारिसमा नेकपा एमाले ललितपुरले असहमति जनाएको छ । जिल्ला कमिटि ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले विज्ञप्ती प्रकाशन गरी प्राविधिक समितिले जिल्लास्थित राजनीतिक दलको सहमतिलानई वाइपास गरेर सिफारिस गरेको विषय बाहिर आएको भन्दै दलहरुलाई बाइपास गरेर गरिएको सिफारिस आफूहरुलाई अमान्य भएको बताउनुभएको छ । लोकतन्त्रको स्थापित विधि र मान्यताअनुरुप राजनीतिक दलहरुबीचमा भएको[Read More…]

विरुवामा पानी हाल्दै ओलीको यस्तो उद्घोष

विरुवामा पानी हाल्दै ओलीको यस्तो उद्घोष

जनताबीचको एमाले लोकप्रियताबाट अत्तालिएका माओवादी र काँग्रेस निर्वाचनबाट भागेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको छ । नेकपा एमाले ७ नं प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बर्तमान सरकारले लम्पसारवाद केहो ? भनेर सर्बसाधारणसतहसम्मै प्रष्ट्याउने काम गरेको बताउनुभयो । आफूले गमलामा रहेको विरुवामा पानी हाल्दै कार्यक्रम उद्घाटन गरेको सन्दर्भमा जोडेर अध्यक्ष ओलीले भन्नुभयो एमाले फेदमा मल हालेर हलक्क[Read More…]

ललितपुर पनि अब महानगरपालिका

ललितपुर पनि अब महानगरपालिका

ललितपुरमा एक महानगरपालिका सहित ७ तह हुने भएको छ । जिल्लाको विभिन्न विकल्प सहितका छलफलहरुले कुनै गतिलो निर्णय गर्न नसकेको भन्दै स्थानीयहरुको पनि व्यापक विरोध भईरहन थालेपछि राजनीतिक दलहरुले दक्षिणी क्षेत्रमा ४ तह दिनका लागि उपत्यकाभित्र एक महानगरपालिका, एक उपमहानगरपालिका  र एक नगरपालिका बनाई दक्षिणी क्षेत्रमा ४ गाउँपालिका बनाउने सहमति जुटाएर स्थानीय निकाय पुनसंरचना आयोगमा पठाएका छन् । प्रस्तावअनुसार ललितपुर[Read More…]

बन मास्ने अभियानमा सभामुखको साथ

बन मास्ने अभियानमा सभामुखको साथ

धरान– पर्यटन विकास गर्ने नाममा धरान उपमहानगरपालिकाको अगुवाईमा सर्दु जलाधार क्षेत्रसँगै राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी थाउजेन्ड बिग बुद्ध बनाउन शुरु गरिएको छ । जिल्ला वन कार्यालय सुनसरीले राष्ट्रिय वन क्षेत्रमा वन ऐन ०४९ विपरीत भौतिक संरचना निर्माण कार्य नगर्न भनी दिएको सुझाव र चेतावनीसमेतलाई वेवास्ता गर्दै उपमहानगरपालिकाले निर्माण कार्य थालेको हो । विदेशबाट दान उठाएर निर्माण गर्ने भनिएको उक्त[Read More…]

लाँकुरीभञ्ज्यांग युरोपेलीको रोजाइमा उत्कृष्ट

लाँकुरीभञ्ज्यांग युरोपेलीको रोजाइमा उत्कृष्ट

ललितपुरको लाँकुरीभञ्ज्यांग युरोपेली पर्यटकको रोजाइमा उत्कृष्ट गन्तव्यमा परेको छ । छ महिना यता नेपालमा स्वयम्सेवीको रुपमा कार्यरत रहेका डेनमार्कका यम्मा र म्यारी सहितको टोलीले लाँकुरीभञ्ज्यांगलाई आधार बनाएर सामाजिक काम गरिरहेको छ । ललितपुरका विभिन्न विद्यालयमा डेनिस एड चर्च मार्फत काम गरिरहेका यी स्वयम्सेवीले लाँकुरीभञ्ज्यांगको होमस्टे, यहाँको प्राकृतिक वातावरण र स्थानीयको पर्यटनमैत्री स्वागत सत्कारको प्रशंसा गरेका छन् । केही समयको नेपाल[Read More…]

पूर्वको पहिचान बन्दैछ किवी

पूर्वको पहिचान बन्दैछ किवी

एउटा बाली भित्राएपछि सोही ठाउँबाट अर्को बाली पकाउन कम्तीमा पनि महिना कुर्नुपर्छ । इलामको सुलुबुङस्थित तालगाउँका किसानले अलैँची टिपिनसक्दै माचमा लटरम्म फलेको उस्तै कमाइ हुने किवी उत्पादन लिन थालेका छन् । तालगाउँका किसान डिल्लीराम खतिवडा माचमा ‘गाँड’ लागेर फलेको किवी स्याहार्दै थिए । अन्य फलफूलभन्दा राम्रो भाउमा बिक्री हुने किवी अहिले इलाम र झापाका बजारमा बिक्री हुन थालेको छ ।[Read More…]