Archive for December, 2016

सुन्तलाबाट मनग्य आम्दानी

सुन्तलाबाट मनग्य आम्दानी

गाउँको जग्गा छाडेर सहरतिर बसाइँ सराइ गर्ने तयारीमा रहेका गल्धा गाविस– ६, बहपुरका ६० वर्षीय मानबहादुर ढेँगा मनग्य आम्दानी हुन थालेपछि गाउँमै बसेर सुन्तलाखेती गर्न थालेका छन्। रामपुर नगरपालिका बेझाङ बजारमा घर बनाइसकेका ढेँगाको गाउँमै सुन्तलाखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि सहरतिर बसाइँ सर्ने मनसाय एकाएक बदलिएको छ। विगत सात वर्षदेखि बाँझो जग्गामा सुन्तलाखेती गरेका ढेँगाले अहिले सुन्तलाबाट नसोचेको आम्दानी हुनथालेपछि[Read More…]

चियामा विषादी घटाउँदै किसान

चियामा विषादी घटाउँदै किसान

अर्गानिक चियाले राम्रो मूल्य पाउन थालेपछि यहाँका किसानले रासायनिक मल र विषादीको प्रयोग घटाउँदै गएका छन्। केही वर्ष अघिसम्म पूर्ण रासायनिक मल र विषादी प्रयोग गर्ने किसान रासायनिक मल तथा विषादीयुक्त चियाबाट अन्तर्राष्ट्रिय बजार नफष्टाउने बुझेपछि अग्र्यानिक चिया उत्पादनमा अग्रसर भएका हुन्। केही वर्षयता पूर्ण अग्र्यानिक तयारी चिया उत्पादन गर्दै आएको माइपोखरीको जसवीरेस्थित सन्दफू चिया कारखानाका प्रबन्धक शरद सुब्बाले रासायनिक[Read More…]

माटोसँग खेल्न जान्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन

माटोसँग खेल्न जान्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन

दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारी उदाहरण बनेका छन्। जिल्ला कृषि विकास कार्यालय कास्कीद्वारा सिकेको सीपसहित झोलामा बोकेर लगेको केराको बिरुवा फस्टाएर मनग्य आम्दानी दिन थालेपछि उनी यतिखेर सबैका लागि उदाहरणीय बनेका हुन्। दुई दशकअघि लिएको तालिम र प्राप्त गरेको चाइनिज र जापानिज मालभोग जातको[Read More…]

उखुको मूल्य निर्धारणमा सधैँ किचलो

उखुको मूल्य निर्धारणमा सधैँ किचलो

प्रतिक्विन्टल ५ सय ५० देऊ : किसान, उद्योगी भन्छन्: सक्दैनौँ उखु उत्पादक किसान र उद्योगीबीच सहमति हुन नसक्दा यस वर्ष पनि उखुको मूल्य समयमै निर्धारण हुन सकेको छैन। गत कात्तिक २६ गते किसान प्रतिनिधी र उद्योगीबीच बसेको बैठकमा उखुको मूल्यमा सहमति हुन नसक्दा बैठकबिना निष्कर्ष सकिएको थियो। नेपाल उखु उत्पादक कृषक संघका केन्द्रीय अध्यक्ष राजकुमार उप्रेतीका अनुसार उद्योगीले बजारमा बढेको[Read More…]

विखण्डन र लम्पसारवाद विरुद्ध ललितपुरका विद्यार्थी आन्दोलित

विखण्डन र लम्पसारवाद विरुद्ध ललितपुरका विद्यार्थी आन्दोलित

सरकारले संविधान संसोधनको प्रस्ताव अगाडि सारेर भारतीय हस्तक्षेपको खुल्ला स्वागत गर्दै विखण्डनलाई प्रोत्साहन गरेको र लम्पसारवादको उच्च नमूना चरित्र प्रदर्शन गरेको भन्दै प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन लगायतका विधि प्रदर्शन गरेका छन् । देशव्यापी आन्दोलन भईरहेका बेला राजधानीस्को जिल्लाबाट विद्यार्थी आन्दोलन सुरु भएको अनेरास्ववियुका केन्द्रीय सदस्य ज्ञानभक्त डंगोलले बताएका छन् । ललितपुरका विभिन्न स्थानमा विद्यार्थीहरुले शुक्रबार र शनिवार आन्दोलनलाई निरन्तरता दिएका[Read More…]

by December 3, 2016 0 comments मूलपेज
हस्तक्षेप विरुद्ध युवा विद्यार्थी आक्रामक, दुतावास घेराउ

हस्तक्षेप विरुद्ध युवा विद्यार्थी आक्रामक, दुतावास घेराउ

संविधान संसोधन प्रक्रिया अगाडि बढाउने र मुलुकभित्र मुडभेड निम्त्याउने काममा भारतीय राजदुतको सक्रियता बढेकोतर्फ ध्यान आकृष्ट भएको संकेत गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियु र युवा संघ नेपालले शनिबार बिहान काठमाडौंस्थित भारतीय दूतावास अगाडि घेराउ गरेको छ। संविधान संशोधन प्रस्ताव भारतको योजनामा आएको भन्दै दबाब स्वरुप बिहान १० बजेदेखि १२ बजेसम्म दूतावास घेरा उगर्न लागिएको अनेरास्वबियुका महासचिव ऐन महरलेले जानकारी[Read More…]

by December 3, 2016 0 comments मूलपेज
संस्थागत निर्णय गरेर देखाउ : चन्द्र भण्डारी

संस्थागत निर्णय गरेर देखाउ : चन्द्र भण्डारी

नेपाली काँग्रेसका नाममा संविधान संसोधनको बोझ नेपाली जनतालाई नलाद्न चेतावनी दिएका छन् । हाम्रो देश र नेतृत्व हस्पिटलको आइसीयुमा भएको चेतावनी दिँदै मुलुक जोगाउन वोल्न सक्ने अवस्थामा जनतामाझ आउन आम नागरिकलाई आह्वान गर्नुभएको छ । नेपालको अहिलेको अवस्था जटील भएको बताउँदै पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुक जोगाउृन सडकमै आउनुपरे पनि तयार हुनुपर्ने बताउनु भएको थियो । ठूलो द्धन्द्धबाट प्राप्त गर।ेको[Read More…]

जनता र राष्ट्र जोगाउन एमालेसंग सहकार्य हुन्छ रायमाझी

जनता र राष्ट्र जोगाउन एमालेसंग सहकार्य हुन्छ रायमाझी

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले संघीयता जोगाउनका लागि राष्ट्र र राष्टिछ्रयता जोगाउनका लागि संविधानको रक्षा गर्न आवश्यक भएकाले एमालेसंग सहकार्य गर्ने बताउनुभएको छ । बुटवलमा कार्यकर्ताहरुसंग कुरा गर्दै रायमाझले यस्तो दावी गर्नुभएको हो । आफूलाई एमालेसंग मिलेको आरोप लगाउनेलाई चेतावनी दिँदै उनले भने माओवादी केन्द्रका केही नेता काँग्रेससंग मिलेर संसोधन प्रस्ताव ल्याउँदा काँग्रेसमा गएको हुन्े हो भन्दै प्रतिप्रश्न[Read More…]