Archive for January, 2017

किबीको बिरुवाले बजार पाएन

किबीको बिरुवाले बजार पाएन

किबी फलको बिरुवाले बजार नपाउँदा कृषक मारमा परेका छन्। किबी फलको बिरुवा रोप्ने समय भए पनि बोच गाविस–५ का विदुर बस्नेतले उत्पादन गरेर रोप्न तयार पारेको आठ हजार बिरुवाले बजार पाउन सकेको छैन। “बिरुवा बिक्री नहुँदा आठ लाख बराबरको नोक्सानी भएको छ,” उनले भने। जिल्लामा किसानले अलैँची र किबी फललाई व्यावसायिक रुपमा अगाडी बढाए पनि उत्पादित बिरुवाले बजार पाउन सकेको[Read More…]

किसानले उखुको मूल्य पाएनन्

किसानले उखुको मूल्य पाएनन्

नवलपरासी यहाँका उखु किसानले सरकारले निर्धारण गरेबमोजिमको उखुको मूल्य पाउन सकेका छैनन। सरकारले उखुको मूल्य प्रति क्विन्टल  पाँच सय ३१ रुपैंयाँ निर्धारण गरेको भएपनि किसानले प्रति क्विन्टल पाँच सय १७ मात्र पाउँदै आएका छन। जिल्लाका चिनी उद्योगले किसानलाई सरकारले निर्धारण गरेको मूल्य दिन मनाही गर्दैआएका उखु उत्पादक समितिका जिल्ला अध्यक्ष उमेश यादवले बताए। गत वर्ष २० लाख क्विन्टल उखु उत्पादन[Read More…]

धान उत्पादन हालसम्मकै बढी, ५ लाख मेट्रिक टन अझै अपुग

धान उत्पादन हालसम्मकै बढी, ५ लाख मेट्रिक टन अझै अपुग

राजाराम कार्की खेतीयोग्य जमिन क्रमशः बाझो हुँदै गए पनि नेपालको प्रमुख खाद्यान्नबाली धान उत्पादनमा २१ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष बढेर ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ। यो उत्पादन हालसम्मकै उच्च हो। आर्थिक वर्ष ०६९/७० मा १५ लाख ३१ हजार ४९३ हेक्टर[Read More…]

बेसारका  विशिष्ट फाइदा

बेसारका विशिष्ट फाइदा

भान्सामा नभई नहुने मसला बेसार स्वास्थ्यका दृष्टिले निकै उपयोगी मानिन्छ । यो मध्यपूर्व र दक्षिणपूर्वी एशियामा हजारौं वर्षदेखि प्रयोगमा आएको विश्वास गरिन्छ । आयुर्वेद र चिनिया औषधि विज्ञानमा बेसार संक्रमण स्वस्थ पार्न र शरीरभित्र तथा बाहिरको जलन निको पार्न प्रयोग हुँदैं आएको पाइन्छ । आयुर्वेदमा त यो सबैभन्दा उपयोगी प्राकृतिक एन्टिबायोटिक मानिन्छ । तर पश्चिमी देशमा केही दशकयतामात्र बेसारको उपयोगिताबारे[Read More…]

गाँजाखेती छाडी तरकारी खेतीमा रमाउँदै किसान

गाँजाखेती छाडी तरकारी खेतीमा रमाउँदै किसान

केही वर्षअघिसम्म गाँजाखेतीमा लागेका मकवानपरका केही गाउँका बासिन्दा अहिले अदुवा र तरकारी खेतीमा रमाउन थालेका छन्। जिल्लाको नामाटार, कालिकाटार, भार्ता, गोगने, राकसिराङ, खेराङ, काकडा, सरीखेतलगायतका स्थान गाँजाखेतीका लागि बदनाम थियो। तर अहिले उल्लेख्य मात्रामा गाँजाखेती घट्दै गएको छ। गाउँलेमा आएको चेतना र प्रशासनले गरेको कडाइका कारण गाँजाखेतीमा कमी आएको हो। विसं २०५५पछि मकवानपुरमा गाँजाखेतीले तीव्रता पाउन थालेको हो । सशस्त्र[Read More…]

हरियो खुर्सानीका फाइदा

हरियो खुर्सानीका फाइदा

पीरो मन पराउनेका लागि हरियो खुर्सानी बिनाको खाना मीठै लाग्दैन । धेरैले खुर्सानी स्वादका लागि खाने गरेका छन् । तर, खुर्सानीमा लाभकारी गुण भएको कमैलाई जानकारी होला । हरियो खुर्सानीमा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ । यो एन्टी–अक्सिीडेन्टका  राम्रो माध्यम हो । हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले[Read More…]

तरकारी उत्पादनमा कमी

तरकारी उत्पादनमा कमी आएको छ । चिसो मौसममा कृषकले बेमौसमी रुपमा तरकारी खेती कम गर्ने हुँदा तरकारीको उत्पादनमा कमी आएको हो । उग्रचण्डी नालास्थित उग्रचण्डी तरकारी बजारमा तरकारी किसानभन्दा व्यापारीको सङ्ख्या मात्रै बढेको छ । तरकारी उत्पादनमा कमी आएपछि मूल्य वृद्धि भएको स्थानीय व्यापारी सहदेव दाहालले बताए । तरकारीको मौसममा दैनिकरुपमा करिब ५०० किसानले तरकारी ल्याउने गरेका थिए । तर[Read More…]

अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी

अलैँचीको बिरुवाबाट वार्षिक बीस लाख आम्दानी

कुसादेवीका दीपेन्द्र थापा अलैँचीको बिरुवा उत्पादन गरी मनग्य आम्दानी गर्दैआएका छन्। तीन वर्षदेखि अलैँचीको बिरुवा उत्पादन गर्दैआएका थापाले बिरुवा बिक्रीबाट वार्षिक २० लाखसम्म आम्दानी गरिरहेका छन्। उनले सुरुवातमा  एक लाखको लगानीमा दुई रोपनी जग्गामा अलैँचीको बिरुवा उत्पादन कार्य गरेका थिए।  हाल उनले आठ रोपनी जग्गामा बिरुवा उत्पादन गर्दै आएका छन् । थापाले कृषिसम्बन्धी विभिन्न तालिम समेत लिएका छन्।  तालिम लिएपछि[Read More…]

झोलमलले बालीमा विषादीको प्रयोग घटायो

झोलमलले बालीमा विषादीको प्रयोग घटायो

युवराज पाण्डे काभ्रेपलाञ्चोकका कृषकले रासायनिक मल र जैविक विषादीको विकल्पको रुपमा विभिन्न बालीमा झोलमोललाई उपयोगमा ल्याएका छन् । जिल्लाको महादेवस्थान, रविओपी, पात्लेखत गाविस र पाँचखाल नगरपालिकामा भएको विभिन्न प्लटको प्रदर्शनी बालीमा झोलमोलको प्रयोग प्रभावकारी देखिएको कृषकले बताएका छन् । यहाँ कृषक समूहमार्फत रोग वा किराको पहिचान गरेर जैविक मल र विषादीको प्रयोग गर्दै आएका छन् । परियोजनाका प्रविधिज्ञले दिएको जानकारीअनुसार[Read More…]

एभोकाडोको एउटै बोटबाट ५० हजार आम्दानी

एभोकाडोको एउटै बोटबाट ५० हजार आम्दानी

हरि वास्तोला पोखरा उपमहानगरपालिका–१७ विरौटीकी विष्णुमाया शर्माले एभोकाडोको एउटा बोटबाट यस वर्ष ५० हजार आम्दानी गरेकी छन्। नौ वर्षअघि सोखले लगाएको एभोकाडोको बिरुवाले लगाएको पाँच वर्षपछि लगातार फल दिँदैआएको र यस वर्ष आफूले खाएर र इष्टमित्रलाई चखाएर दुई सय केजी फल बिक्री गरेको उनले बताइन्। “उत्पादन भएको फल बिक्री हुँदैन कि भन्नु पर्दैन, घरबाटै प्रतिकेजी  दुई सय ५० का दरले[Read More…]