Archive for April, 2017

कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रियो

कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रियो

म्याग्दीमा कृत्रिम तरिकाले रानी मौरी विकास गर्ने प्रविधि भित्रिएको छ। जिल्ला कृषि विकास कार्यालय म्याग्दी र काठमाडौँको गोदावारीमा रहेको मौरीपालन विकास शाखाको सहयोगमा मङ्गला गाउँपालिका–१ कुहुँमा ग्राफ्टिङ (मौरीको लार्भा प्रत्यारोपण) गरेर रानी मौरी विकास गर्ने प्रविधि भित्र्याइएको हो। शाखाको गुणस्तरीय रानी मौरी उत्पादन तथा वितरण अभियानअन्तर्गत म्याग्दीमा पहिलो पटक कृत्रिम तरिकाले रानी मौरी उत्पादन गर्ने प्रविधि भित्रिएको जिल्ला कृषि विकास[Read More…]

भैँसी पालेरै महिनाको ६५ हजार आम्दानी

भैँसी पालेरै महिनाको ६५ हजार आम्दानी

नुवाकोट ककनी गाउँपालिका चौताराका भीमसेन पनेरुले भैँसी पालेर मासिक ६५ हजार कमाउँछन् । गाउँमा काम नपाएपछि ११ वर्षको विदेश बसाइपछि घर फर्केर भैँसीपालन सुरु गरेका उनले दूध बिक्रीबाटै त्यती आम्दानी गर्न सफल भएका हुन्। “विदेशी भूमिमा गरेको दुःखले गाउँ फर्केर सुरु गरेको भैँसीपालनबाट छोटो समयमै मनग्य आम्दानी गर्न सफल भएको छु”, ३६ वर्षीय युवा किसान पनेरुले भने, “रोजगारका लागि साउदी[Read More…]

बाख्रा पाल्न ६१ लाख अनुदान

बाख्रा पाल्न ६१ लाख अनुदान

सोलुखुम्बुका छजना किसानले बाख्रा पाल्नका लागि जिल्लामा सञ्चालित हिमाली आयोजनामार्फत ६१ लाख तीन हजार तीन सय ९५ अनुदान प्राप्त गरेका छन् । आयोजनाका अनुसार लोखिम–४ की प्रमिला राईले  ११ लाख ५३ हजार एक सय ७७, दूधकुण्ड नगरपालिका–८ का छोङवा लामाले रु १५ लाख ५२ हजार सात सय २३, दूधकुण्ड नगरपालिका–५ का बिर्खे मगरले  आठ लाख ८१ हजार ४९, भकाञ्जे–९ का[Read More…]

बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण

बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण

गोरखा भूकम्प’को केन्द्र गोरखाको सुलिकोट गाउँपालिका–२ स्थित बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिएको छ । केयर नेपालले स्वाँरा सघन गाउँ विकास केन्द्रको सहकार्यमा खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत १५ लाख २४ हजार सात सय ६७ लगानी गरी भवन निर्माण गरेको हो । केयर नेपालका खाद्य सुरक्षा तथा जीविकोपार्जन अधिकृत लेखनाथ अधिकारीले कृषि उपज सङ्कलन गरी केन्द्रमा भण्डारण गर्ने र[Read More…]

न्यून लगानीबाटै सफल उद्यमी बन्दैछन् ग्रामीण महिला

न्यून लगानीबाटै सफल उद्यमी बन्दैछन् ग्रामीण महिला

जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउ खेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ”–मकवानपुर पदमपोखरी–१३ की देवमाया सिन्तान च्याउ खेतीको कमाइबाट आफ्नो परिवारलाई धान्न सकेकीमा खुसी छिन् । देवमायाले एक पटकमा रु १० लाख बराबरको परालले च्याउ खेती गर्छिन । एक पटक खेती गर्दा तीन महिनासम्म फल लाग्छ । “च्याउ खेती गर्दा एकमहिनादेखि फल्न सुरु हुन्छ र तीन महिनासम्म फल[Read More…]

यन्त्रबाट मकै रोप्न थाले नुवाकोटका किसान

यन्त्रबाट मकै रोप्न थाले नुवाकोटका किसान

गोरुले जोतेर मकै रोप्दै आएका यहाँका किसानले अब यन्त्रको सहयोगमा रोप्न थालेका छन्। चौघडा र खड्गभन्ज्याङमा किसानले नमुनाका रुपमा यन्त्रबाट मकै रोप्न थालेका हुन्। किसानलाई सहजताका लागि मकै रोप्ने यन्त्र सिमिट इन्टरनेसनल सिसा परियोजनाले भित्र्याएको हो। चौघडा र खड्गभन्ज्याङमा किसानले ‘पुस रो सिडर’ भनिने मकै रोप्ने यन्त्रबाट मकै रोप्न थालेका छन्। किसानलाई थोरै श्रममा धेरै उत्पादन गराउनका लागि प्रविधिको सहयोग[Read More…]

असिना पानीले गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति

असिना पानीले गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति

गएराती परेको असिना पानीका कारण डोटी जिल्लाको पूर्वी चौकी गाँउपालिका–४ सानागाउँका ८०० घरधुरीका कृषकले लगाएको गहुँबाली, तरकारी र फलफूलमा व्यापक क्षति पुगेको छ। असिना पानीका कारण गहुँबालीमा ८० प्रतिशत बढी क्षति पुगेको कृषि सेवा केन्द्र सानागाउँका प्रमुख मनी नाथले बताए। ‘असिना पानीले तरकारी बालीमा ९० प्रतिशत र सुन्तला र कागतीमा ६० प्रतिशत क्षति पुर्याएको छ’ उनले भने। वर्षभरि खानका लागि[Read More…]

गहना बेचेर केराखेती थालेका सुवेदी अहिले वार्षिक दुई करोडको बेच्छन्

गहना बेचेर केराखेती थालेका सुवेदी अहिले वार्षिक दुई करोडको बेच्छन्

नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दै छन्। घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी सुवेदी। दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ। नत्र भने सँगसँगै व्यवसाय गर्छन् उनीहरु। हरेक काममा पालैपालो श्रीमान्–श्रीमती खटिन्छन् । पन्ध्रजना काम गर्नेहरु पनि राखिएका छन्। चैनपुरमा २० बिगाहा क्षेत्रमा लगाइएको केराबाट एक[Read More…]