Archive for July, 2017

पूर्वाञ्चलका कृषकलाई तेइस करोड रुपैयाँ अनुदान

व्यावसायिक कृषि तथा व्यापार आयोजनाले पूर्वाञ्चलमा कृषकलाई तेइस करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गरेको छ । विश्व बैंकको १७ करोड ७३ लाख र सरकारको पाँच करोड ८१ लाख रुपैयाँ अनुदान वितरण गरिएको आयोजना कार्यान्वयन सहयोग समूहले जनाएको छ । पूर्वाञ्चलका पहाडी जिल्ला सोलुखम्बु, ओखलढुंगा, खोटाङ, संखुवासभा, इलाम, भोजपुरमा चालु आवमा लघु अनुदान तथा मझौला कार्यक्रममार्फत उक्त अनुदान रकम उपलब्ध[Read More…]

भूकम्प पीडित कृषकलाई आधुनिक प्रविधि हस्तान्तरण

जिल्ला कृषि विकास कार्यालय भक्तपुरले राष्ट्रिय पुनःनिर्माण कोष कार्यक्रमअन्तर्गत भूकम्प पीडित कृषकलाई रु दुई करोड नौ लाख बराबरको आधुनिक कृषि प्रविधि हस्तान्तरण गरेको छ। आज भक्तपुरको सल्लाघारीमा आयोजना गरेको कृषि औजार उपकरणको सार्वजनिक एवम् हस्तान्तरण कार्यक्रममा भूकम्प पीडितहरूलाई प्रविधि हस्तान्तरण गरिएको हो। कार्यालयले भूकम्प पीडित कृषक, कृषक समूह, सहकारी र विभिन्न कृषि फार्मबाट कोषको ९० प्रतिशत अनुदानमा खरिद भएका त्यस्ता[Read More…]

by July 13, 2017 0 comments मूलपेज
माछा पालनमा आकर्षण बढ्यो

माछा पालनमा आकर्षण बढ्यो

जिल्लामा यस वर्ष माछापालनको लागि ५१ बिगाहा जमिनमा पोखरी खनिएको छ । जिल्ला कृषि विकास कार्यालयका कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार प्रति कठ्ठा दश हजारका दरले अनुदान उपलब्ध गराएपछि किसानले पोखरी खनेका हुन् । माछापालन पोखरीका लागि दुईसयभन्दा बढी किसानले आवेदन दिएका थिए । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत सप्तकोसी नगरपालिका– ६ बोचरीमा कार्यालयले खाद्यानबाली ब्लक कार्यक्रम सुरु गरेको छ ।[Read More…]

एक लिटर दुध उत्पादन गरे एक रुपैयाँ अनुदान

एक लिटर दुध उत्पादन गरे एक रुपैयाँ अनुदान

कृषकलाई प्रतिलिटर दूधको उत्पादनमा एक रुपैयाँ अनुदान दिन काभ्रेपलाञ्चोकका दुई सहकारी संस्थालाई १८ लाख ७५ हजार रुपैयाँ रकम प्रदान गरिएको छ । सेतीदेवी दुग्ध उत्पादक सहकारीलाई १२ लाख ३४ हजार र उमादेवी दुग्ध उत्पादक सहकारीलाई ६ लाख ४० हजार उपलब्ध गराइएको हो । दूध उत्पादनको क्षेत्रमा काम गर्दैआएका अन्य सहकारीलाई क्रमशः रकम हस्तान्तरणको तयारी भइरहेको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका प्रमुख[Read More…]

किसानलाई निःशुल्क अलैँचीका बिरुवा

जिल्ला कृषि विकास कार्यालयले किसानलाई निःशुल्क अलैँचीका बिरुवा वितरण गरेको छ । रामसाइ, गोल्साइ, सलकपुरेलगायत जातको बिरुवा वितरण सुरू गरेको कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले बताए। व्यावसायिक रूपमा अलैँचीखेती गर्दैआएका किसान छनोट गरी बिरुवा वितरण गर्न थालिएको हो । सूर्योदय नगरपालिकास्थित अलैँची विकास केन्द्रबाट बिरुवा खरिद गरी किसानलाई शतप्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको छ । जिल्लाका किसानले यसपटक चारलाख बिरुवाको[Read More…]

उत्पादन बढाउन उन्नत जातको बीउको प्रयोग

उत्पादन बढाउन उन्नत जातको बीउको प्रयोग

पाल्पाका कृषक धेरै आम्दानी लिन हिजोआज स्थानीय जातको बीउको सट्टा उन्नत जात (हाइब्रिड)को बीउ प्रयोग गर्न थालेका छन् । तरकारी, खाद्यान्न, फलफूलको व्यावसायिक रुपमा खेती गर्ने कृषकले  स्थानीय जातको तुलनामा उन्नत जातको बीउबाट उत्पादन राम्रो लिन सकिने भएकाले यसतर्फ आकर्षित भएका हुन् । कृषकले खाद्यान्न बालीअन्तर्गत धानमा स्थानीय जातको विकल्पमा उन्नत जातको यू यस ३१२ च्यापियन, राजा गोरखनाथजस्ता बीउको प्रयोग[Read More…]

सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर

सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर

सुन्तलाका बिरुवामा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको छ । म्याग्दीमा आवश्यक बिरुवा जिल्लाकै उत्पादनले पुगेकाले यस वर्ष बाहिरबाट आयात गर्नु परेन । म्याग्दीको विभिन्न ठाउँमा रहेको नर्सरीमा उत्पादित २५ हजार बिरुवा कृषकलाई अनुदानमा वितरण गरिएको कृषि विकास कार्यालयका प्राविधिक सहायक श्यामराज क्षेत्रीले जानकारी दिए। उनका अनुसार दुई हजार ५०० कागतीका बिरुवा भने गोरखाबाट ल्याएर वितरण गरिएको छ । यसअघि म्याग्दीमा सुन्तला[Read More…]

धुलाम्मे सहर र गर्मीमा यसरी जोगाउनुहोस छाला

धुलाम्मे सहर र गर्मीमा यसरी जोगाउनुहोस छाला

कामकाजी महिलालाई आफ्नो कार्यस्थल जान यातायात जाम, धुलो, धुवाँसंग दैनिक जुध्नुपर्छ । यसले उनीहरुको सौन्दर्यलाई पनि असर पारिररहेको हुन्छ । यस्तो अवस्थामा महिलाहरुले आफ्नो अंगको स्वच्छतालाई पनि ध्यान दिनुपर्ने हुन्छ । कामकाजी महिलाले गर्मीमा सुत्नुअघि आफ्नो अनुहारको धुलो, पसिना, तैलीय पदार्थलाई सफा पानीले धुनुपर्छ । गर्मीमा तुलसी या निमयुक्त फेसवास सबैभन्दा बढी उपयुक्त हुन्छ । यसले अनुहारको धुवाँधुलो हट्नुका साथै[Read More…]

यान्त्रीकरणले तान्दैछ पहाडे कृषकको ध्यान

यान्त्रीकरणले तान्दैछ पहाडे कृषकको ध्यान

कृषि क्षेत्रमा आधुनिकीकरण गरेर मनग्य आम्दानी लिन सकिने भएपछि पहाडी जिल्ला तेह्रथुमका किसानको ध्यान यान्त्रीकरणतर्फ तानिएको छ । किसानले जनशक्ति अभावको समस्या टार्न तथा थोरै लगानीमै धेरै आम्दानी गर्न खनजोतका लागि हाते ट्र्याक्टरको प्रयोग गर्न थालेका हुन् । खेती गर्न गोरु पाल्नैपर्ने बाध्यताबाट टाढा रहन किसानले ट्र्याक्टरलगायत उपकरणको प्रयोग बढाएका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो । कार्यालयको कृषि[Read More…]

जग्गा बन्धकी लिएर सामूहिक बदाम खेतीमा महिला

वर्सेनी जग्गा बाँझिदै गएको र बाँदरले कृषकलाई सताइरहेका अवस्थामा यहाँको एक गाउँका महिलाले भने जग्गाबन्धकी लिएर आयआर्जनका लागि सामूहिक बदामखेती गर्दै आएका छन् । कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका–३ घाहाचोकस्थित भलाबोट फाँटमा अन्नपूर्ण महिला प्राङ्गारिक कृषि सहकारी संस्थामार्फत उनीहरूले एक दशकदेखि सामूहिक बदाम खेती गर्दै आएका हुन् । घाचोकका अधिकांश घरमा बदाम खेती गर्ने प्रचलन छ । त्यही बदाम बिक्री गरी[Read More…]