सफलताको कथा

तरकारीमा परनिर्भरता घट्दै

तरकारीमा परनिर्भरता घट्दै

कञ्चनपुरको भीमदत्तनगरमा प्रशस्त मात्रामा स्थानीय उत्पादन हुन थालेपछि तरकारीमा परनिर्भरता घट्दै गइरहेको छ। स्थानीय किसान व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षित हुँदै गएपछि तरकारी आयातमा कमी आएको हो । “एक ‘दशक अगाडि सब्जीमण्डिमा ९० प्रतिशत तरकारी भारतबाट आयत गरिन्थ्यो,” कञ्चनपुर मण्डि व्यवसायी सङ्घका अध्यक्ष विशाल सुनारले भने–“अहिले मण्डिमा ७० प्रतिशत तरकारी स्थानीय किसानद्वारा उत्पादित छ ।” हाल सीमावर्ती भारतीय बजार वनबासा,[Read More…]

तरकारी खेतीको कमाइले सापकोटाले जोडे ६० लाखको घडेरी

तरकारी खेतीको कमाइले सापकोटाले जोडे ६० लाखको घडेरी

यहाँका एक युवाले तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। पर्वतको जलजला गाउँपालिकास्थित साविक नाङलिवाङ– ९ फर्सेका राजन सापकोटाले गाउँमै सुरु गरेको तरकारीखेती र पशुपालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका हुन्। उनले व्यक्तिगत रुपमा सापकोटा पशुपालन तथा कृषि फर्म र तीन जना मिलेर धौलागिरि व्यावसायिक कृषि तथा पशुपालन फर्म सञ्चालनमा ल्याएपछि मासिक एक लाखभन्दा बढीको आम्दानी[Read More…]

वार्षिक पाँच करोडको च्याउ बिक्री

वार्षिक पाँच करोडको च्याउ बिक्री

झापामा वार्षिक पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि करिब दुई लाखदेखि रतीन लाखसम्मको कारोबार गर्ने गरेको बताइएको छ । च्याउखेतीका लागि गाउँघरमै बीउ पाउन थालेपछि च्याउ उद्यमीको सङ्ख्या बढ्दै गएको वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगी बताउछन्। गर्मी समयमा २२ दिनामा[Read More…]

दक्षिण ललितपुरमा लौठसल्लाको लहर

दक्षिण ललितपुरमा लौठसल्लाको लहर

दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाका स्थानीयले जंगलमा पाइने लौठसल्लाको व्यावसायिक खेती गरिरहेका छन् । लौठसल्लाबाट राम्रो फाइदा हुने भएपछि दक्षिण ललितपुरको गोटीखेल तथा आसपासका क्षेत्रमा यसप्रतिको आकर्षण बढेको हो । क्यान्सरको औषधी बनाउन प्रयोग हुने टेक्सस मेरी नामक पाउडर यसबाट प्राप्त हुने भएकाले यसको माग बढेको हो । लौठसल्लालाई स्तन तथा पाठेघर क्यान्सरको उपचार गर्ने जडिबुटीको रूपमा लिइन्छ । गोटीखेल इलाका[Read More…]

तरकारी बेचेर मासिक डेढ लाख आम्दानी

तरकारी बेचेर मासिक डेढ लाख आम्दानी

रामपुर नगरपालिका–६ तालपोखराका नारायणप्रसाद भण्डारी तरकारीबाट यथेष्ट आम्दानी गर्छन् । उनी अहिले तरकारी बेचेर मासिक  एक लाख ५० हजार बराबरको आम्दानी लिन सफल भएका छन् । करिब २५ वर्षसम्म भारतमा काम गरेर फर्कनुभएका भण्डारीले व्यावसायिक रुपमा तरकारीखेती गरेर जिल्लाकै नमुना कृषकका रुपमा चिनिन्छन् । “जीवन जिउने आधार नै तरकारी खेती बनेको छ,” उनले भने– “यही व्यवसायबाट दाम र नाम मिलेको[Read More…]

करोड लगानीमा पुष्पखेती

करोड लगानीमा पुष्पखेती

गरे के सम्भव छैन ? पसिना बगाए स्वदेशमै पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदारण बनेका छन् बनेपा १० का भोजराज तिमल्सिना । उनले एक करोड रुपैयाँ लगानीमा व्यावसायिक पुष्प खेती गर्दै आएका छन् । सामान्य परिवारमा जन्मिएका तिमल्सिनाले एक करोड एक लाख ७३ हजार रुपैयाँ लागतमा १६ रोपनी क्षेत्रफलमा व्यावसायिक पुष्प खेती गर्दै आएको बताए । ‘निम्नवर्गीय परिवारमा जन्मे[Read More…]

न्यून लगानीबाटै सफल उद्यमी बन्दैछन् ग्रामीण महिला

न्यून लगानीबाटै सफल उद्यमी बन्दैछन् ग्रामीण महिला

जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउ खेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ”–मकवानपुर पदमपोखरी–१३ की देवमाया सिन्तान च्याउ खेतीको कमाइबाट आफ्नो परिवारलाई धान्न सकेकीमा खुसी छिन् । देवमायाले एक पटकमा रु १० लाख बराबरको परालले च्याउ खेती गर्छिन । एक पटक खेती गर्दा तीन महिनासम्म फल लाग्छ । “च्याउ खेती गर्दा एकमहिनादेखि फल्न सुरु हुन्छ र तीन महिनासम्म फल[Read More…]

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

मौरीपालनबाट वार्षिक सात लाख आम्दानी

म्याग्दी मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक सात लाख आम्दानी गरेका छन्। चार वर्ष साउदी अरब र सात वर्षसम्म इराकमा श्रम गरेका ३९ वर्षीय केसीले चार वर्षअघि गाउँ फर्किएर मौरीपालन सुरु गरेका हुन्। छिमेकी गाउँ डडुवाबाट तीन घार मौरी किनेर मौरीपालन सुरु गरेका केसीले गत वर्ष मौरीसहितका ९४ घार बिक्री गरी सात लाख आम्दानी गरेका थिए। “यसपाली दुई सय[Read More…]

धान र गहुँ काट्ने उपकरण भित्रियो

धान र गहुँ काट्ने उपकरण भित्रियो

काभ्रेपलाञ्चोकमा पहिलो पटक धान र गहुँ काट्ने उपकरण भित्रिएको छ। कृषिप्रसार कार्यक्रमअन्तर्गत करिब ९० प्रतिशत अनुदानमा भकुन्डे कृषि सहकारी संस्था र मैटाकुन्टा जल उपभोक्ता समिति महादेवस्थानका लागि उपकरण खरिद भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिए। सो उपकरणले एक रोपनीको धान वा गहुँ काट्नका लागि करिब १५ मिनेट समय लगाउँछ। उपकरण परीक्षणका लागि भकुन्डे र[Read More…]

धानखेतीभन्दा माछापालनले तेब्बर आम्दानी

धानखेतीभन्दा माछापालनले तेब्बर आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएका मोरङ हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली (धान)को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन्। विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किएका चारजना युवाले १५ वर्षका लागि जग्गा (धान लगाउँदै गरेको खेत) भाडामा लिएर माछापालन व्यवसाय सुरु गरेका हुन्। ती चारमध्ये एकजना चेतन दाहालले भने “२०७१ सालमा खर्च कटाएर २५ लाख आम्दानी भयो । गत वर्ष[Read More…]