सफलताको कथा

धान र गहुँ काट्ने उपकरण भित्रियो

धान र गहुँ काट्ने उपकरण भित्रियो

काभ्रेपलाञ्चोकमा पहिलो पटक धान र गहुँ काट्ने उपकरण भित्रिएको छ। कृषिप्रसार कार्यक्रमअन्तर्गत करिब ९० प्रतिशत अनुदानमा भकुन्डे कृषि सहकारी संस्था र मैटाकुन्टा जल उपभोक्ता समिति महादेवस्थानका लागि उपकरण खरिद भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिए। सो उपकरणले एक रोपनीको धान वा गहुँ काट्नका लागि करिब १५ मिनेट समय लगाउँछ। उपकरण परीक्षणका लागि भकुन्डे र[Read More…]

धानखेतीभन्दा माछापालनले तेब्बर आम्दानी

धानखेतीभन्दा माछापालनले तेब्बर आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएका मोरङ हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली (धान)को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन्। विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किएका चारजना युवाले १५ वर्षका लागि जग्गा (धान लगाउँदै गरेको खेत) भाडामा लिएर माछापालन व्यवसाय सुरु गरेका हुन्। ती चारमध्ये एकजना चेतन दाहालले भने “२०७१ सालमा खर्च कटाएर २५ लाख आम्दानी भयो । गत वर्ष[Read More…]

कतार र साउदीबाट फर्केर व्यवसायिक भैंसी पालनमा मिया

कतार र साउदीबाट फर्केर व्यवसायिक भैंसी पालनमा मिया

सलिम अन्सारी ७ वर्ष कतार, ३ वर्ष साउदी र १६ महिना माल्दिभ्समा काम गरेर घर  फर्केका  बाङ्गेसाल ४ का ३५ वर्षीय सलामत मिया व्यावसायिक भैंसीपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। उनले झन्डै १० लाख रुपैयाँ लगानी गरेर ‘समिलु भैंसी फार्म’ दर्ता गरी संचालन गरेका हुन्। कोलगाँडेमा रहेको आफ्नै जग्गामा आधुनिक गोठ निर्माण गरी फार्म खोलेका मियाले स्थानीय सहकारीमा दूध[Read More…]

निजामती जोडीको लोभलाग्दो कौशीखेती

निजामती जोडीको लोभलाग्दो कौशीखेती

ललितपुर । ३ वर्ष पहिले सस्तो र ताजा तरकारी किन्न कालीमाटी तरकारी बजार पुगेका बद्री ढकाल र राधा ढकाल तरकारीको मूल्य आकाशिएको देखिएर झस्किएनन् मात्रै तिनमा प्रयोग हुने विषादीको जानकारीबाट तर्सिए नै । राजधानी आसपासमा उत्पादन हुने तरकारीको बजार मूल्य र प्रयोग हुने विषादीका कारण आफ्नो स्वास्थ्य र सम्पतिको सत्यानास भईरहेको सम्झेर आफ्नै घरको कौशीमा तरकारी रोप्न सुरु गरेका ढकाल[Read More…]

पूर्वलडाकुले मनाइन् तरकारीबारीमा जनयुद्ध दिवस

पूर्वलडाकुले मनाइन् तरकारीबारीमा जनयुद्ध दिवस

ललितपुर । माओवादी नाम राखेका विभिन्न राजनीतिक दलहरुले फागुन १ गते जनयुद्ध दिवसका नाममा क्रान्तिकारी कुरा गर्दै गर्दा धापाखेलको आफ्नै तरकारी बगानमा जनयुद्ध दिवस मनाउँदै दिए पूर्व लडाकु  रेखा बाँस्तोला । आफ्नो देशको मात्रै नभएर संसारकै सर्वहारा वर्गको उत्थानको नारा बोकेर जनयुद्धमा होमीएकी रेखाले गोलभोडाको बिउ रोपेर जनयुद्ध दिवस मनाएकी छन् । उत्पादनबाटै आत्मनिर्भर र आत्मनिर्भरताबाट देशको स्वाधीनता देखेकी र बुझेकी[Read More…]

स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने

स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ। कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएको हो। “स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले निक्कै राम्रो छ” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन इकाई कार्यालयका प्रमुख विनोद हमालले भने[Read More…]

यसकारण अन्नपूर्ण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य

यसकारण अन्नपूर्ण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य

वासुदेव पौडेल पोखरा : पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा गर्ने लालसा बोकेर यस क्षेत्रमा पर्यटक आउने गरेका छन् । अघिल्लो वर्ष भूकम्प र नाकाबन्दीका कारण पदयात्रामा आउने पर्यटकको[Read More…]

मरिचखेतीमा बास्तोला, किलोको १ हजार रुपैयाँ

मरिचखेतीमा बास्तोला, किलोको १ हजार रुपैयाँ

माझठाना गाविस– ६ स्याङ्खुदीका सूर्यमोहन बास्तोलाले व्यावसायिक रुपमा मरिचखेती सुरु गरेका छन्। घर छेउमै लगाइएका एक सय बिरुवामध्ये ५० वटाले फल दिन सुरु गरेका छन्। उनले यस बर्ष ६० किलो मरिच बिक्री गरेर ६० हजार आम्दानी गरेका छन्। च्याखुरी जातको सो मरिचबाट वार्षिक पाँच लाख आम्दानी गर्ने बास्तोलाको लक्ष्य छ। कृषि उद्यमका लागि जिल्लामा विभिन्न नयाँ/नयाँ प्रयोग भित्र्याउने दिवङ्गत समाजसेवी[Read More…]

पूर्वको पहिचान बन्दैछ किवी

पूर्वको पहिचान बन्दैछ किवी

एउटा बाली भित्राएपछि सोही ठाउँबाट अर्को बाली पकाउन कम्तीमा पनि महिना कुर्नुपर्छ । इलामको सुलुबुङस्थित तालगाउँका किसानले अलैँची टिपिनसक्दै माचमा लटरम्म फलेको उस्तै कमाइ हुने किवी उत्पादन लिन थालेका छन् । तालगाउँका किसान डिल्लीराम खतिवडा माचमा ‘गाँड’ लागेर फलेको किवी स्याहार्दै थिए । अन्य फलफूलभन्दा राम्रो भाउमा बिक्री हुने किवी अहिले इलाम र झापाका बजारमा बिक्री हुन थालेको छ ।[Read More…]

विदेश निर्यात हुन्छ यो नेपाली चिया

विदेश निर्यात हुन्छ यो नेपाली चिया

घरेलु उद्योगमार्फत यहाँका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको माग अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको छ । अन्तर्राष्ट्रियस्तरमा चियाको माग बढेसँगै घरेलु उद्योगसमेत बढ्दै गएका छन् । यहाँ उत्पादित अर्गानिक चिया अन्य कारखानाको चियाभन्दा महँगो मूल्यमा बिक्री हुने गरेको किसान बताउँछन् । मङ्गलबारेस्थित गुफाथुम्की अर्गानिक टी म्यानुफ्याक्चरका प्रोप्राइटर अम्बरबहादुर राईले आफ्नो उद्योगले हरियो चिया नै प्रतिकिलो दुई सय ५० देखि दुई सय ८०[Read More…]